Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा ३ दिने स्वच्छ तथा सफा दुध उत्पादन तालिम सम्पन्न


२४, जेठ २०८०
  • 600
    SHARES
  • कपिलवस्तुमा ३ दिने स्वच्छ तथा सफा दुध उत्पादन तालिम सम्पन्न

    कपिलवस्तु । कपिलवस्तुमा ३ दिने स्वच्छ तथा सफा दुध उत्पादन तालिम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका पशु सेवा शाखाको सहयोग र बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको सहजीकरणमा उक्त तालिम सम्पन्न भएको संस्थाका व्यवस्थापक मिना आले काउचाले जानकारी दिइन्  ।

    कृषकहरुलाई स्वच्छ दुध उत्पादनमा जोड दिने उद्धेश्य सहित  जेठ २१ देखी २३ गतेसम्म संचालित उक्त तालिममा बाणगंगा नगरपालिकाका वडा नं.५ र ६ का १८ जना कृषकहरु सहभागी भएका थिए । 

    कार्यक्रम बोल्दै बाणगंगा नगरपालिका पशु शाखाका प्रमुख राज कुमार तिवारीले कृषकलाई आत्मनिर्भर बनाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले कृषकहरुलाई हौसला बढाउन नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    यसै गरी कार्यक्रममा बोल्दै बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाका अध्यक्ष तुलसी थापाले उक्त तालिमले धेरै कृषकहरु लाभान्वित भएको बताइन् । थापाले कृषकलाई आर्यआर्जनमा जोड दिन तालिम महत्वपूर्ण रहेको उल्लेख गरिन् । तालिममा बाणगंगा नगरपालिका पशु सेवा शाखाका प्रमुख राजकुमार तिवारी,डा.यमलाल पोखरेल र खुमानन्द पोखरेलले सहजकर्ताको भूमिका निभाएका थिए  । 

    कार्यक्रम बाणगंगा नगरपालिका पशु सेवा शाखाका प्रमुख राजकुमार तिवारीको प्रमुख आतिथ्यता, तुलसी थापाको अध्यक्षता  र खुमानन्द पोखरेलको  कार्यक्रम संचालनमा सम्पन्न भएको थियो । 

    43b00680-1db7-4529-8505-f59655917c1c.jpg
    55457e0a-8e65-413b-a3e8-83a1c7957ce8.jpg
    653be036-5aaa-4c1a-95e3-b50ec8993cb0.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend