Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात


२४, जेठ २०८०
  • 278
    SHARES
  • झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात

    प्यूठान । झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएको छ । गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा तथा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष  मिलन एमसी सहितका ३ जनाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात गरेका हुन् ।

    भुक्तानीका लागि स्थानीय उपभोक्ता समितिका २ जना सदस्य लिएर आएका एमसीले जि.सी. माथी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले पुष्टि गरे । शाखामा हातपात भएपछि आफूकहाँ जोगिन आएका योजना शाखाका जि.सी.सँग सोधपुछ गर्दा आफैलाई समेत आक्रमणको प्रयास भएको अधिकृत रिजालले बताए ।

    प्रत्यक्षदर्शिका अनुसार महतराले मदिरा सेवन गरेर कार्यालयको योजना शाखामा भुक्तानीको लागि आएका बताएका थिए ।  घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सुवास खड्काले जानकारी दिए । घटनाबारे गाउँपालिका अध्यक्ष पित बहादुर महतरासँग बुझ्दा कार्यालयमा घटना भएको पुष्टि गर्दै आफु बाहिर भएकाले थप जानकारी दिने स्पष्ट पारे ।

    कर्मचारी माथि  गरेको यो व्यवहार अत्यन्त दुःखद र निन्दनिय रहेको गाउँपालिका सुचना अधिकारी हरि प्रसाद पोखरेल बताए ।

    348363372_545746094423018_5465757858134073411_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend