Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घुस लिने र दिने दुवैविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा


१४, माघ २०८०
  • 207
    SHARES
  • घुस लिने र दिने दुवैविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिनेदिने दुवैलाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।अख्तियारले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा कार्यरत करारका कर्मचारी प्रदीप भट्टराई र उनलाई घुस दिने सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको हुँदा प्रचलित कानून बमोजिम कारबाही हुन भन्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको पत्र/उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाईएको अख्तियारको भनाइ छ ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका प्रदीप भट्टराईले राहदानी बनाएवापत सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    सँगै सुमित्राले घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend