Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सांसदहरुले राखेका प्रश्न र जिज्ञासा टिपोट गर्न माथिल्लो स्तरका कर्मचारी राख्न निर्देशन


२५, जेठ २०८०
  • 229
    SHARES
  • सांसदहरुले राखेका प्रश्न र जिज्ञासा टिपोट गर्न माथिल्लो स्तरका कर्मचारी राख्न निर्देशन

    काठमाण्डाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट माथिको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्न र जिज्ञासा टिपोट गर्न अर्थ मन्त्रालयका उपसचिव भन्दा माथि माथिल्लो स्तरका कर्मचारी राख्न निर्देशन दिएका छन् ।

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरुले बजेटमाथिको छलफलका क्रममा मन्त्री उपस्थीत नभएको भन्दै आपत्ती जनाएपछि अध्यक्ष तिमिल्सिनाले मन्त्रालयका उपसचिव भन्दा माथि माथिल्लो स्तरका कर्मचारी रोखेर टिपोट गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन ।

    बजेट माथिको सामान्य छलफल एकैपटक दुबै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुबैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यावहारिक नहुने उनको भनाइ छ । यसलाई मध्यनजर गर्दै सांसदहरुको कुरा टिपोट गर्ने कर्मचारी राख्न उनले निर्देशन दिए ।

    त्यसअघि बैठकमा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए । नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गरे । श्रेष्ठले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यस विषयलाई उठाएको स्मरण गराए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend