Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुनरुत्थानवादी शक्तिहरु गणतन्त्रको विरुद्धमा सल्बलाउन थाले - अध्यक्ष भट्टराई


२५, जेठ २०८०
  • 168
    SHARES
  • पुनरुत्थानवादी शक्तिहरु गणतन्त्रको विरुद्धमा सल्बलाउन थाले - अध्यक्ष भट्टराई

    काठमाण्डाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुनरुत्थानवादी शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजिरहेको बताएका छन् ।

    बिहीबारबाट भक्तपुरमा सुरु भएको समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पछिल्लो समय उत्पीडित जाति र आम जनतामा निराशा र असन्तुष्टि बढ्दै गइरहेको र यसबाट फाइदा लिदै धमिलो पानीमा माछा मार्न पुनरुत्थानवादी शक्तिहरु गणतन्त्रको विरुद्धमा नै सल्बलाउन खोजिरहेको बताए ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद् जातीय÷भाषिक पहिचा नका आधारमा प्रदेशहरूको पुनः सीमांकन र नामांकन लगायतका संशोधन नभएसम्म राजनीतिक अस्थीरता र जनताको असन्तुष्टि कायम रहन्छ भन्ने कुरा अहिले व्यवहारतः पुष्टि हुँदै गएको उनले बताए ।

    उनले दुईपटकको आमनिर्वाचनपछि पनि देशमा राजनीतिक स्थीरता कायम हुन नसकेका कारण सुशासन र आर्थिक सामाजिक रुपान्तरण हुन नसकेको बताए । उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगको काम छिटो सम्पन्न गर्न जरुरी रहेको भन्दै यस्तो हुन नसके देशमा अर्को द्वन्दको खतरा मडारिन सक्ने तर्क गरे ।

    लोकतन्त्रका यी आधारशिलामा टेकेर मात्र समृद्धि र समाजवादको दिशामा अघि बढ्न सकिने भएकाले यस बिषयमा पार्टीको बैठकले बिशेष निर्णय गर्ने उनले जानकारी दिए । उनले स्थापीत कम्युनिष्ट ब्रान्डका दलहरु र भुल्काका रुपमा आएका नयाँ दलहरु आफ्नो दलबीच के फरक छ भन्ने कुरा पनि बैठकले स्पष्ट पार्ने जिकिर गरे ।

    राजनीतिक प्रतिवेदनमा भट्टराईले राष्ट्रिय जनता पार्टी सँग एकता गरेर जसपा निर्माण गर्ने कार्य सैद्धान्तीक रुपमा सही भएपनि वैचारिक–राजनीतिक कारण एकता कायम गर्न नसकिएको उल्लेख गरेका छन् । दुई दिनसम्म चल्ने बैठकले पार्टीको भावी रणनीति तय गर्ने बताइएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend