Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डेङ्गुको लक्षण तथा यसबाट बच्ने उपाय


२६, जेठ २०८०
  • 260
    SHARES
  • डेङ्गुको लक्षण तथा यसबाट बच्ने उपाय

    काठमाडौं। डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइकबाट सर्ने संक्रामक रोग हो । डेङ्गुको भाइरसबाट संक्रमित भएको एडिस रजिस्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

    डेंगु रोगका लक्षणहरू

    सामान्यतया डेङ्गु भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसहरूमा रोगको कुनै लक्षण देखिँदैनन् वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छ । संक्रमितमध्ये पाँच प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले चारदेखि सात दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन । प्रायजसो बालबालिकामा डेङ्गुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरू देखिने गर्दछन् ।

    बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ । लक्षण सुरु हुने अवस्था– फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था– रिकभरी । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्नेजस्तो लक्षण देखिन्छन् । यो अवस्था प्रायजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्दछ ।

    डेंगु रोगबाट बच्ने उपाय

    डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाडाहरूजस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायहरूमा पानी जम्न नदिने । पानीका ट्यांकी लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । फूलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्यालढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घरवरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । 

    स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शंका लागेमा हुनसक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । सामूदायिक तवरले नै यसको नियन्त्रण गर्नुपर्छ । पानी जमेको ठाउँमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले घर वरिपरि भएको खाल्डाखुल्डी पुर्नुपर्छ । यस्तै, राति सुत्दा अनिवार्य झुल प्रयोग गर्नु पर्दछ । लामखुट्टेको टोकाईबाट बच्ने एक किसिमको लोसन पाइन्छ । सुत्ने बेलामा शरीरमा लोसन लगाउने र विहान नुहाउने गर्नुपर्छ ।

     

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend