Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन - गृहमन्त्री श्रेष्ठ


२६, जेठ २०८०
  • 163
    SHARES
  • पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन -  गृहमन्त्री श्रेष्ठ

    काठमाण्डाै । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानूनी कारवाही गर्ने स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई पनि नरहेको भन्दै दोषीलाई कारवाही गर्ने स्पष्ट पारे । उनले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, व्यक्ति नेताहरुको सुरक्षामा चूनौति उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताए । 

    मन्त्री श्रेष्ठले इलाममा कोशीका पूर्वमन्त्री रामरान मगरको गाडीमा पहिचानबादी भन्नेहरुले सडकमा ढुङ्गामुडा राखेर अवरोध गर्न खोजिएको देखिएपनि कालोमोसो दलिएको वा अरु केहि गरिएको प्रचार सत्य नभएको बताए । त्यस्तै उदयपुरमा प्रदेश सभाकी उपसभामुख सृजनाृ दुनुवार सवार गाडीको झण्डा थुत्ने र ढुङ्गा प्रहार गर्ने काम भएको उनले जानकारी दिए । श्रेष्ठले सम्बन्धीत दोषीहरुलाई कानूनको दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइ सकेको बताए । उनले संघीयताको रक्षा गर्न सके यस सम्बन्धी दृष्टिकोणलाई शान्तिपूर्ण बाटोबाट बैधानिक रुपमा स्थापीत गर्न सकिने बताए । 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend