Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने व्यक्तिहरू पक्राउ


२०, माघ २०८०
  • 178
    SHARES
  • बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने व्यक्तिहरू पक्राउ

    काठमाडौं । बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने तत्कालिन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष ८० वर्षीय अजित नारायण सिंह थापा, सोही महानगरपालिका-२६ बस्ने तत्कालिन च्याम्पियन फुटवयेर लिमिटेड प्रालिका शेयर धनी तथा संचालक ६० वर्षीय अरुण कुमार चौधरी र महोत्तरी, महोत्तरी गाउँपालिका-१ बस्ने च्याम्पियन फुटवेयर प्रालिरसिजि चांदवाग रेसिडेन्सी प्रालिका संचालक ४५ वर्षीय संजय ठाकुर रहेका छन् ।

    मालपोत कार्यालय डिल्लीबजारको २०३७ कातिक २० गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा श्रेस्ता कायम भएको जग्गामध्ये कानून बिपरीत २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट तत्कालीन कार्यकारी अध्यक्ष छ ।

    अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लिमिटेडको नामक कम्पनी खडा गरी सो कम्पनीको २५५ शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटले जनाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend