Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुगु अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामी समस्यामा


२०, माघ २०८०
  • 221
    SHARES
  • मुगु अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामी समस्यामा

    मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या भएको छ । जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्स–रे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्स–रे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने गरिएको जिल्ला अस्पतालले जनाएको छ । 

    उक्त एक्स–रे मेसिनको इमेज क्यासेट विद्युतीय भोल्टेज अनियमित भई बिग्रेको र करिब रु दुई लाख ५० हजार रकम खर्च मर्मतमा लाग्ने तथा अस्पतालले रकम व्यवस्थापन गर्नसक्ने भए पनि  विद्युतीय भोल्टेजका कारण एक्स–रे मेसिन बिग्रने डरले मर्मत कार्य हुन नसक्दा सामान्य चोटपटकलगायत अन्य बिरामीलाई एक्स–रे गर्न जुम्ला पुग्नुपर्ने बाध्यता रहेको छ ।

    जिल्लाका दुरदराजबाट उपचारका लागि जिल्ला अस्पताल आउने बिरामी एक्स–रे मेसिन अभावले अन्योलमा पर्ने गरेका छन् । अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्स–रे मेसिन मर्मत कार्यका लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा कमल ढुङ्गानाको भनाइ छ ।

    उहाँकाअनुसार मुगुको विद्युत्को भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरण बिग्रिएर थन्क्याइएको छ । एक्स–रे मेसिन यसरी विद्युत् भोल्टेज स्थिर नभएर नै बिग्रिएको ढुङ्गानाले बताउनुभयो । उहाँले लाखाँै रूपैयाँ खर्च गरेर एक्स–रे मेसिन बनाएर विद्युत्का कारणले बिग्रिहाल्ने बताउनुभयो । 

    केही दिनपछि अस्पताल हाताभित्र विद्युतीय ट्रान्सफर्मर जडान गरिने र मेसिन चलाउनसक्ने विद्युत्को भोल्टेज पुगेपछि एक्स–रे मेसिन मर्मत गरी सञ्चालन गरिने निमित्त स्वास्थ्य प्रमुख ढुङ्गानाले बताउनुभयो । 

    मेसिन चलाउन दुई सय २० भोल्ट विद्युत्को आवश्यकतापर्ने गरेको र हालको विद्युत्को भोल्टेज अपुग छ । विद्युतीय भोल्टेज बढाउने ट्रान्सफर्मर खरिदको प्रक्रिया पूरा भएपछि  एक्स–रे सञ्चालन हुने स्वास्थ्य व्यवस्थापक डा. ढुङ्गानाले बताउनुभयो ।

    जिल्ला अस्पतालबाहेक एक्स–रेको कुनै विकल्प मुगुमा नभएपछि यहाँका बिरामीलाई जुम्ला जान आउन सवारीसाधनको भाडा र होटल खर्च गरी न्यूनतम रु सात हजारभन्दा बढी रकम लाग्ने गरेको छ । विसं २०६३ मा जिल्लाका साविकका गम, सोरू, खतेड र करान भेगका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले १५ शय्याको अस्पताल सञ्चालनमा आएको थियो ।

    जिल्ला अस्पताल बिरामीका लागि अझै व्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालका आवश्यक उपकरणसहित भौतिक पूर्वाधार निर्माण गरिदिए पनि आन्तरिकरुपमा जनशक्ति अभाव, फार्मेसी सेवा सञ्चालन र रक्तसञ्चार केन्द्र नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend