Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मेयर बालेनको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन


२३, माघ २०८०
  • 215
    SHARES
  • मेयर बालेनको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मङ्गलवार नगरप्रमुख साहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरुसहितको बैठकले उक्त समिति गठन गरेको हो । 

    समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन रहेको छन्  । 

    यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट बिश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुकोका छाता सङ्गठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल) का बागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य र नेपाल नर्सिङ काउन्सिलको तर्फबाट शुक्ला खनाल रहेका छन् । 

    सरकारी अस्पतालहरूका प्रमुखमध्ये कान्ति बाल अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनीत हुनुभएको छ भने स्वास्थ्य विभागका प्रमुखकी सचिव सजिना महर्जन पनि सदस्य चयन हुनुभएको छ ।

    बैठकमा नगर प्रमुख साहले लक्षित वर्गसम्म स्वास्थ्य सेवा सहज रूपमा पुर्‍याउन ऐनको पालना गरेको बताउनुभयो । समिति गठन गर्नुको उद्देश्य नै सार्वजनिक स्वास्थ्य सेवा लिने र दिने दुवै प्रक्रिया सहज बनाउनु रहेको बालेनको भनाई छ ।

    ‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्य हो । यसका लागि हामीले साझेदारहरुसँग छलफल गरेका छौँ । कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रूपमा सेवा प्राप्त गर्न सकुन भन्ने हाम्रो चाहना हो । 

    हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो खालको छ । सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ । यसमा अप्ठ्यारो परे महानगरपालिकाले सहजीकरण गर्छ ’ प्रमुख साहले भन्नुभयो ।

    यस्तै,१० प्रतिशत निःशुल्क उपचारका लागि अनलाइन प्रणाली फागुन १ गतेदेखि महानगरले कार्यान्वयनमा ल्याउन लागेको जानकारी गराउँदै साहले अनलाइन प्रणालीको प्रयोग गरी आम नागरिकले सहज सेवा लिनुपर्नेमा जोड दिनुभएको छ । 

    उहाँले नागरिकलाई अनलाइनबाट सेवा दिन आग्रह गरे ‘अनलाई प्रणालीको अभ्यास गरौँ । प्रयोगमा आइसकेपछि यसका सबल र दुर्बल पक्ष थाहा हुनेछन् । यसपछि सुधार गर्नु पर्ने ठाउँमा सुधार गर्दै जाऔँला’ साहले भन्नुभयो ।

    गठित निर्देशक समितिले लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन नेतृत्व गर्नेछ भने यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्ने महानगरले जनाएको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिकाले निःशुल्क उपचार सम्बन्धी कार्यविधि, २०८० जारी गरिसकेको छ । 

    कोही नभएका, केही नभएकाले औषधि किन्न स्वास्थ्य सेवा शुल्क तिर्न नसक्ने र उनीहरुजस्ता गरिब,दर्वल नागरिकका लागि सरकारले सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क गर्नुपर्ने संबैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न गराउन आफूहरुले पहल थालेको भनाई महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले बैठकमा राख्नुभयो । 

    निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरपालिकाले ‘फ्रीहेल्थ डट काठमाडौं डट जीओभी डट एनपी वेभ’ प्रणाली सञ्चालनमा ल्याएको छ ।

    यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, बेड संख्या कति होरु कतिवडा बेडमा बिरामीले उपचार गराइरहेका छन्,कतिवटा खाली छन् लगायतका सबै आवश्यक जानकारी दिँदै आएको छ । 

    जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले सो प्रणाली अन्र्तगत क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौं मोडेल अस्पतालमा यो प्रणाली परीक्षण भइसकेको जानकारी दिनुभयो ।

    यसमा कुन रोगको कति जनाले उपचार गराए, कति दिन अस्पतालमा नागरिक सेवा लिएर बसे देखि को कहिले भर्ना भयो, कहिले डिस्चार्ज भयो सम्मका सबै विवरण उपलब्ध हुनेछन् ।

    सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका शिफारिसका आधारमा देशभरिका नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । 

    बैठकमा सहभागीहरुले लक्षित वर्गले उपचारका लागि पुग्ने बाटो छोटो र सहज बनाउनुपर्ने सुझाव दिए । झुटो विवरणका शिफारिस रोक्ने तथा दबाब सिर्जना गर्न नसक्ने बलियो प्रणाली विकास गर्नुपर्नेमा सहभागीको जोड थियो । 

    जटिल खालका रोगका उपचार गराउन महानगरले साझेदारी गरेको अस्पतालहरुलाई कठिन भए संघीय सरकारले व्यवस्था गरेको आकस्मिक स्वास्थ्य कोष प्रयोगमा ल्याउनु पर्ने सुझाव सहभागीहरुले महानगरको स्वास्थ्य सेवा विभागलाई दिएका छन् । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend