Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


२४, माघ २०८०
  • 253
    SHARES
  • ५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष क्षेत्रीविरुद्ध विशेष अअदालतमा बुधबार मुद्दा दायर गरेको हो।

    वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले पाँच लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

    अनुसन्धानको सिलसिलामा वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गर्ने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टी भएपछि पाँच लाख रुपैयाँ विगो कायम गर्दै आयोगले बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

  • सत्ता बदलिन्छ, प्रहरीको निष्ठा बदलिँदैन : कार्की प्रकरणले उठायो सुशासनमाथि प्रश्न

    राजनीतिक आदेशभन्दा माथि कानुन हुनुपर्ने प्रहरी संगठनमा नेतृत्व परिवर्तनको विवाद; प्रहरीको व्यावसायिक स्वतन्त्रता, सरकारको जवाफदेहिता

  • आईजीपीबाट हटाइएका कार्कीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै’

    काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको

  • अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर विषय हो, चुहावटको पनि छानबिन होस् : साम्सद पन्थी

    काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend