Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्वोच्चको आदेश अटेरी गर्ने कृषि मन्त्री भुसालविरुद्ध अन्तरिम आदेश 


१, फागुन २०८०
  • 262
    SHARES
  • सर्वोच्चको आदेश अटेरी गर्ने कृषि मन्त्री भुसालविरुद्ध अन्तरिम आदेश 

    काठमाडौँ । सर्वोच्च अदालतको आदेशलाई अटेर गरी कनिष्ठलाई नियुक्ति दिने कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालविरुद्ध अन्तरिम आदेश जारी भएको छ ।

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशक पदमा मन्त्री भुसालले कनिष्ठलाई दिएको नियुक्ति कार्यान्वयन नगर्नरनगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

    नार्कका वैज्ञानिक डा. दोजराज खनालले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले आइतबार अन्तरिम आदेश दिएको हो ।

    नार्कको कार्यकारी निर्देशक पदमा कनिष्ठलाई नियुक्त गरिएको भन्दै डा. खनालले कृषि मन्त्रालय र नार्कका कार्यकारी निर्देशक पदमा कायम मुकायम मुकरर गरिएका डा. ध्रुवराज भट्टराईलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

    सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरे तर्फ विचार गर्दा रिट निवेदक डा. दोजराज खनाल प्रत्यर्थी नेपाल कृषि अनुसन्धान परिषद्को एस-६ तहका मुख्य वैज्ञानिक पदमा कार्यरत रही सो परिषद्को केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरू मध्ये सबैभन्दा वरिष्ठतम् भएको भन्ने सो परिषद्को मिति २०८०/१०/२३ को पत्रबाट देखिन्छ ।’

    तर, मन्त्री भुसालले वरिष्ठतम् वैज्ञानिक डा. खनाल हुँदा हुँदै उनी भन्दा कनिष्ठ एस-४ तहका डा. ध्रुवराज भट्टराई पटक/पटक नियुक्त गरेका थिए । सर्वोच्चले उपलब्ध कर्मचारीमध्ये सामान्यतया वरिष्ठतम् कर्मचारीलाई कायम मुकायम मुकरर गर्नु कर्मचारी प्रशासनको मान्यतासमेत रहेको स्मरण गराएको छ ।

    नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम २२ को मर्म पनि सोही अनुरूप छ । ‘वरिष्ठतम कर्मचारीलाई नै कायम मुकायम मुकरर गरिनुपर्ने भनी यस अदालतबाट यिनै निवेदकले यसै विषयमा दायर गरेको ०७९-डब्लुओ-१५४५ को रिट निवेदनमा व्याख्या भएको अवस्थासमेत छ ।

    यस स्थितिमा एस-६ तहका मुख्य वैज्ञानिक पदका रिट निवेदक भन्दा दुई तह मुनिका एस-४ तहका कर्मचारीलाई कायम मुकायम मुकरर गर्नु उचित देखिएन’, सर्वोच्चको आदेशमा भनिएको छ ।image-106.webp

  • सत्ता बदलिन्छ, प्रहरीको निष्ठा बदलिँदैन : कार्की प्रकरणले उठायो सुशासनमाथि प्रश्न

    राजनीतिक आदेशभन्दा माथि कानुन हुनुपर्ने प्रहरी संगठनमा नेतृत्व परिवर्तनको विवाद; प्रहरीको व्यावसायिक स्वतन्त्रता, सरकारको जवाफदेहिता

  • आईजीपीबाट हटाइएका कार्कीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै’

    काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको

  • अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर विषय हो, चुहावटको पनि छानबिन होस् : साम्सद पन्थी

    काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend