बुटवल । पछिल्लो केही समययता रुपन्देही सहित सधै चिसो मौसम रहने काठमाण्डौं उपत्यका समेत गरी देशको तराई क्षेत्र बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बन्दै आएको छ । घरबाहिर काम गर्नै मजदूरहरु अर्काे घाममा बसेर काम गर्नुपर्ने र कामविशेषले घरबाहिर हिँडडुल गर्नेहरु मौसम परिवर्तनको मारमा परेका छन् ।
चर्को घाम लागेका कारण घाममा हिँड्ने सर्वसाधारण केहीबेरमै असिन पसिन हुने गरेका छन् । गर्मी बढेका कारण चिसो पेयपदार्थ, लस्सी, दही, सोडा आदिको बिक्री बढेको छ । भने लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा गर्मी विरामीको चाप बढ्न थालेको छ । आँखा पोल्ने, पिसाव पोल्ने लगायतका समस्या लिएर आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । गर्मीका कारण स्विमिङ्ग पुलहरुमा बालबालिका देखि युवायुवती हुँदै बुढापाकासम्मको संख्या बढ्दै गएको पाईएको छ । यस्तै सडकमा रहेका छाडा चौपायहरु समेत गर्मीका कारण प्रभावित बन्न पुगेका छन् ।