Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अवरुद्ध तिलोत्तमा रेल्वेको काम अघि बढाउने सहमति


२७, जेठ २०८०
  • 356
    SHARES
  • अवरुद्ध तिलोत्तमा रेल्वेको काम अघि बढाउने सहमति

    बुटवल । तिलोत्तमा चक्रपथमा चलाउने गरी अघि बढेको ट्राम रेलका लागि रेल मार्गको काम अघि बढाउनुपर्नेमा तिलोत्तमाका क्रियाशील ६ दलले सहमति जनाएका छन् । यसअघि केही स्थानीयले रेल मार्गको काममा अवरोध गरेका थिए । गत मंगलबार बसेको सर्वदलीय वैठकमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा रेल्वे परियोजना नगरपालिकाको गौरवको आयोजना भएकाले कुनै बहानामा अवरोध स्वीकार्य नहुने बताए । उनले तिलोत्तमा रेल मार्गको काम अब अघि बढ्ने र नगरपालिकाको तर्फबाट साथ रहने प्रतिवद्धचा जनाए।

    नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र जनता समाजवादी पार्टीका नेताहरु, वडा नं १ का अध्यक्ष फर्सुराम गिरी, वडा न–२ का अध्यक्ष डिलबहादुर भट्टराई लगायतले रेल मार्गमा अवरोध गर्न नहुने तर्क गरे । यस्तै शंकरनगर साुमदायिक वन उपभोक्ता समूहले पनि ४३ फुट सडक कायम गर्न वनले स्वीकृति दिने प्रतिवद्धता जनाएको तिलोत्तमा पब्लिक रेल वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्माले बताए ।

    ‘शर्माले भने, नगरप्रमुख ज्यु सहित नगरभित्रका ६ वटा प्रमुख राजनीतिक दल, शंकरनगर सामुदायिक वन सहित सरोकारवाला सबैले रेल मार्ग अघि बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ अब काम अघि बढ्छ’– रेल सञ्चालनमा आएपछि तिलोत्तमाको पहिचान थप उचो हुने र नगरवासीहरु सुपथ शुल्कमा यात्रा गर्न र सामान ढुवानीमा सहजता आउँछ ।

    तत्कालीन मेयर वासुदेव घिमिरेको पालामा भएको लगानी सम्मेलनमा यो परियोजना छनोट भएको थियो । नगरपालिकाले पब्लिक कम्पनी मोडेलमा अघि बढाएपछि प्रदेश सरकारले समेत सहयोग गरेको थियो । कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दुरीमा रेल सेवा सञ्चालन गर्न प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानी हुने बताईएको छ ।

    चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले विविध कारणले एक वर्ष ढिलाई भएको बताए । स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उनले बताए । यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट रेल्वे भएको उनले जानकारी दिए ।

    रेल सेवामा दैनिक ३० हजार, मासिक ८ लाख र वर्षमा १ करोडले अवलोबन भ्रमण गर्ने त्यसबाहेक सामान ढुवानीलगायतको समेत सेवा दिन सकिने बताए । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब बचत हुने प्रबन्ध निर्देशक भोला शर्माको दाबी छ । परियोजना सुरु भएपछि एकसय जना कर्मचारीले रोजगार पाउने जनाईएको छन् ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend