Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न : स्वास्थ्यमन्त्री बस्नेत


२, फागुन २०८०
  • 210
    SHARES
  • कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न : स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी बिना आधारभूत स्वास्थ्य सेवा कल्पना समेत गर्न नसकिने बताउनुभएको छ ।

    बुधबार काठमाडौँस्थित परोपकार प्रसुती स्त्रीरोग अस्पतालमा सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवनको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी नभएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘बिरामीलाई आधारभूत स्वास्थ्य उपचार गर्नका लागि मात्रै यो अस्पताल स्थापित छैन । यसले मेडिकल शिक्षामा पनि जोड दिएर आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा समेत महत्वपूर्ण कामहरू गरेको छ ।

    तर यहाँ मेडिकल शिक्षा प्रदान गर्ने जति तह र कोटा छन् । अहिलेको अवस्थामा पर्याप्त छैनन् । कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवाको कल्पना समेत गर्न सकिँदैन ।’

    सात सय ५३ वटा स्थानीय तहहरुमा पालिका अस्पतालहरुको उद्घाटन गरिएको भएपनि एउटै अस्पताललले पूर्णता नपाएको मन्त्री बस्नेतको भनाइ थियो । 

    उनले अघि भने, ‘सात सय ५३ वटा पालिका अस्पतालको शिलन्याश गरियो । काम एउटा अस्पतालमा पनि सकिएको छ  । सकिएको भएपनि कर्मचारी अभावमा सञ्चालन गर्न सकिएको छैन ।’

    परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले स्वास्थ्य उपचारमा मात्र केन्द्रित नभई मेडिकल शिक्षामा समेत महत्वपूर्ण कामहरू गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend