Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रादेशिक अस्पतालको १० तले भवन १५ गते शिलान्यास


४, फागुन २०८०
  • 470
    SHARES
  • प्रादेशिक अस्पतालको १० तले भवन १५ गते शिलान्यास

    बुटवल । बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको छ ।

    १२ सय शय्याको १० तले भवन निर्माणको लागि दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम निर्णय रद्द गरिएको थियो ।

    तर अहिले सबै प्रकृया पुरा भई १० तलाको उक्त नयाँ भवन निर्माणका काम अघि बढेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

    स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानुनी अड्चन हटेको बताउँदै ८ सय बेड क्षमताको भवन निर्माण कार्य सुरु हुन लागेको बताउनुभयो।

    स्वास्थ्य सचिब डा. जनार्दन पन्थीले भन्नुभयो लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भबन पनि बन्ने सम्झौता भैसकेको छ भने अस्पतालमा तत्कालै क्याथ ल्याव सञ्चालन हुने बताउनुभयो ।

    लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुर्दशन थापाले अस्पताल निमार्णको काम सुरु भएको बताउनुभयो। उहाँले फागुन १५ गते शिलान्यास हुने बताउनुभयो। 

    निमार्णको लागी ठेक्का सम्झौता भएकोले अब अस्पताल बन्ने बताउनुभयो। अब नेपालमै सबैभन्दा ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बन्ने बताउनुभयो ।

    उहाँले भवनको अगाडिको भागमा अत्याधुनिक ओपिडी, इमरजेन्सी, इन्डोर सेवा लगायत रहने छ। साथै विशिष्टीकृत ग्याष्ट्रो, न्युरो, कार्डियो लगाएतका सवै विशेषज्ञ सेवा प्रदान गरिने बताउनुभयो।lumbini-pravincial-hospital-1-1-660x269.jpgनिमार्णको ठेक्का पाएको लुम्बिनी प्रादेशिक अस्पतालको आशिष,क्यापसाईट र रेलिगेट कम्पनीले काम सुरु गरेको बताउनुभयो ।

    उहाँले ६ अर्ब १८ करोडमा ५ बर्ष भित्र निमार्ण सम्पन्न हुने गरि माघ २७ गते सम्झौता भएको बताउनुभयो। उहाँले १० तला माथि र २ तला अन्डरग्राउन्ड रहेने सम्झौताअनुसार कामगर्ने कम्पनीका ईन्जिनियर रमेश गौतमले बताउनुभयो।

    उहाँले दुईबटा भबन बन्ने छन एउटा अंकोलोजी को भबन छुटै बन्ने ई गौतमले बताउनुभयो। उहाँले अस्पतालको पुरानो भबन भत्काउने बारे अहिले काम सुरु भएको र यसमा मन्त्रालयले समन्वयन गरिरहेको बताउनुभयो ।

    अस्पताल निमार्ण गर्ने कम्पनी आशिष,क्यापसाईट र रेलिगेट दुई नेपाली एक बिदेशी फर्म रहेको बताईएको छ ।भवनको माथि हेलिप्याड समेत निमार्ण हुने तरिकाले भबन बनाइने भएको छ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend