Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिँदै


५, फागुन २०८०
  • 237
    SHARES
  • अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरिँदै

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पछिल्लो समय विशेषज्ञ सेवा अभियानकै रूपमा अघि बढाएको छ ।

    ११४ वर्षअघि स्थापना भएको अस्पतालले मुटुका बिरामीका लागि शुक्रबारदेखि क्याथ ल्याब सेवासमेत सुरुवात गरेको छ । एक साताअघि बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु गरेको थियो ।  

    विशेषज्ञ चिकित्सकको सुविधासहित बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तला र जन्मिएको २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तलाबाट सेवा प्रदान सुरु गरिसकेको छ । 

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुदर्शन थापाले नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन अस्पतालले सुरु गरेको विशेषज्ञ चिकित्सकसहितको सेवा प्रभावकारी हुने बताउनुभयो । क्याथ ल्याव सेवाबाट मुटुका बिरामीले उपचार सुविधा पाउने भएका छन् । 

    क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र गण्डकी तथा कर्णाली प्रदेशका बिरामीले उपचार सेवा पाउने तथा राजधानीसम्म धाउनुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ ।

    मेडिकल सुपरिन्टेन्डेन्ट डा. थापाले शुक्रबार एकैदिन दुई जना बिरामीको एन्जियोग्राम गरेर क्याथ ल्याब सेवा शुभारम्भ गरेको बताउनुभयो । 

    क्याथ ल्याब सेवा सुरु गरेपछि मात्रै एन्जियोग्रामको सुविधा उपलब्ध हुन सकेको हो । एन्जियोग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकेज’ परीक्षण गर्ने विधि हो ।

    सेवा शुभारम्भको पहिलो दिन अस्पतालले गुल्मीका ७५ वर्षीय एक पुरुष र गुल्मीकै ७२ वर्षीय महिलाको सफलतापूर्वक एन्जियोग्राम गरेको हो । 

    अस्पतालले करिब डेढ वर्षअघि छ करोड रुपियाँ खर्च गरेर क्याथ ल्याब स्थापना गरेको भए पनि मुटुरोगका एन्जियोग्राम गर्नुपर्ने बिरामीले सेवा पाउन सकेका थिएनन् ।

    अस्पतालले दुई जना मुटुरोग विशेषज्ञद्वारा दैनिक ६० जना बिरामीको मुटु परीक्षण तथा उपचार गर्दै आएको मुटुरोग विशेषज्ञ डा. रोशन घिमिरेले बताउनुभयो । 

    अस्पतालमा आएका मुटुको समस्याका बिरामीमध्ये सरदर १२ प्रतिशतमा एन्जियोप्लास्ट वा एन्जियोग्राम गर्नुपर्ने अवस्था देखिएको अस्पतालको भनाइ छ ।

    लुम्बिनी प्रदेश सरकारले क्याथ ल्याब सञ्चालनका लागि २२ करोड रुपियाँ विनियोजन गरेसँगै अस्पतालमा यो सेवा सुरु भएको हो । 

    लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेश सरकारको सहयोगमा सुरुमा छ शय्याबाट बर्थिङ सेवा सुरु गरेको र सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ । 

    अस्पतालका प्रसूति विभाग प्रमुख डा. भक्तबस्य राउतले सरकारले गर्भवती सेवा सरकारी अस्पतालमा निःशुल्क गरेपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएको बताउँदै पछिल्लो समय अलग्गै बर्थिङ सेन्टरको आवश्यकता महसुस गरेर बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो ।    

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend