काठमाण्डौं । नेपाली काँग्रेसका सांसद दीपक गिरीले कमपाका मेयर बालेन शाहलाई सलाम भनेका छन् । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले बालेनको कामलाई सलाम भनेका हुन् ।
गिरीले भने, म आफूलाई झोले सांसद भन्न चाहन्छु । एक बुढी आमैको फोन आउँछ राति दुख सुनाउँछिन् , अर्को फोन आउँछ मेरी बुहारी हराएको २७ दिन भएको छ भन्छन् । गिरीले थपे, म सलाम गर्छु बालेनजीलाई हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याई दिनुभयो । हाम्रो काम गराई नै यस्तै छ ।