Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वस्थ रहन हरेक नागरिकले योग गर्नुपर्छ : मन्त्री केसी


६, फागुन २०८०
  • 231
    SHARES
  • स्वस्थ रहन हरेक नागरिकले योग गर्नुपर्छ : मन्त्री केसी

    नेपालगञ्ज । लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग विज्ञान जीवनोपयोगी भएकाले हरेक नागरिकले योग गर्नुपर्ने बताउनुभएको छ ।

    योग समिति नेपालको साधारणसभा एवम् तेस्रो अधिवेशनको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री केसीले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताउनुभयो ।

    स्वस्थ नागरिक उत्पादन गर्नु पनि विकासको अवधारणाभित्र पर्ने बताउँदै मन्त्री केसीले योग विज्ञानलाई सदुपयोगको लागि सरकार गम्भीर हुन जरुरी रहेको महसुस भईरहेको उल्लेख गर्नुभयो ।

    बाँकेका प्रत्येक पालिकामा योग समितिलाई क्रियाशिल र ब्यवस्थित बनाउन सुझाव दिँदै मन्त्री केसीले नेपालगञ्जमा अब हजारौं नागरिकले एकसाथ योग गर्न मिल्ने भवनको योजना सहित प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो ।

    मन्त्री केसीले भन्नुभयो ‘तपाईहरु यसको योजना सहित प्रस्ताव लिएर आउनुस म विधी र प्रक्रिया अनुसार मन्त्रालयको तर्फबाट सहयोगको लागि तयार छु ।’

    योग विज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै उहाँले स्वस्थ मनस्थिति, स्वस्थ विचार र शारीरिक तन्दुरुस्तीले मात्र सार्थक र सुन्दर जीवन बाँच्न सकिने उल्लेख गर्नुभयो । स्वस्थ भएमात्र मानव क्रियाकलाप सही ढंगले अगाडि बढ्ने मन्त्री केसीको भनाई छ ।

    बाँकेमा २०७६ सालमा स्थापना भएको योग समिती नेपालमार्फत नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडामा हाल ७ हजार जनाले योगबाट लाभ लिईरहेको योग समिति नेपालका केन्द्रीय अध्यक्ष एवं योगगुरु गिरिराज भट्टराईले जानकारी दिनुभयो ।

    अध्यक्ष भट्टराईका अनुसार योग समिति नेपाल हाल ७ वटा जिल्लामा पुगिसकेको र डेढलाख बढीले लाभ लिएका छन् ।

    देशका नागरिकलाई स्वस्थ बनाउन र स्वस्थ जिवन शैली अपनाउन सिकाउन राज्यले गर्नुपर्ने काम समुदाय स्तरबाट योगसमिती नेपालले गरिरहेको योग गुरु भट्टराईले दाबी गर्नुभयो । साधारण सभामा २३१ जनालाई योग समिति नेपालको आजिवन सदस्यता पनि वितरण गरिएको थियो ।

    तेस्रो अधिवेशनबाट अध्यक्षमा योगगुरु गिरिराज भट्टराई, उपाध्यक्ष निर्मला शाह र लोकमाया सुवेदी (सुमित्रा), सचिव चिरञ्जीवी ज्ञवाली, कोषाध्यक्ष अम्बिका कोइराला सहसचिव टंक पौडेल, सहकोषाध्यक्ष मन्दरा शर्मा चयन हुनुभएको छ ।

    यसैगरी सदस्यहमा झबिलाल शर्मा, प्रेम केसी, सविता शर्मा, दिपक थापा, मेघराज बराल, प्रमोद अग्रबाल र मनोनित सदस्य सुनिता पन्थी र वसन्त गौतम चयन हुनुभएको छ।
     

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend