धादिङ । क्यानडा नेपाल पर्यटन, संस्कृति तथा व्यापार केन्द्रद्वारा संचालित अधिराज्यव्यापी किशोरकिशोरीका लागि यौन शिक्षा तथा महिनावारीमा अपनाउनुपर्ने सावधानी सम्वन्धी दुई दिने सचेतनामूलक प्रशिक्षण अभिमुखीकरण कार्यक्रम निलकण्ठ न.पा., धादिङबेसीले सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै निलकण्ठ न.पा. का प्रमुख भिमप्रसाद ढुङगानाले नगरपालिकाले प्रशिक्षण अभिमुखीकरण कार्यक्रममार्फत सचेतना जागृत गदैँ आएको बताउदैँ आगामी दिनहरुमा पनि सहकार्य गदैँ जाने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुर्व लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले किशोरकिशोरीहरुले समयमै स्वास्थ अवस्थालाई ख्याल नगर्दा ठुलो क्षती हुने गरेको बताउनुभयो ।
उहाँले किशोरकिशोरीका लागि यौन शिक्षा तथा महिनावारीमा अपनाउनुपर्ने सावधानी सम्वन्धी सचेतनामूलक प्रशिक्षण अभिमुखीकरण कार्यक्रमले समयमै सचेत गराउने बताउनुभयो ।
प्रशिक्षण अभिमुखीकरण कार्यक्रममा फिजिसियन डा.सुरेन्द्र विक्रम बस्नेत र स्त्रीरोग विशेषज्ञ डा. कविता अधिकारीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण अभिमुखीकरण कार्यक्रम नगरपालिकाका चार वटा विदयालयमा दिइएको थियो ।



