Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कान्छारामका ठेक्काले काँग्रेसमाथि आँच


२८, जेठ २०८०
  • 107
    SHARES
  • कान्छारामका ठेक्काले काँग्रेसमाथि आँच

    रामेछाप । पार्टीका नेताले ठेक्कापट्टा लिँदा कत्तिको असर पर्छ भन्ने कुरा बुझ्न यतिबेला रामेछाप गए छर्पष्ट हुन्छ । सत्तारुढ दल नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को कार्यशैलीले रामेछापको विकासको गति रोकिएको र सिङ्गो पार्टी नै जिल्लामा बदनाम हुन पुगेको आरोप छ । 

    रामेछापका लामो समयदेखि योगदान दिएका पार्टीका पाका नेताहरुसमेत हेपाइमा परेपछि असन्तुष्ट नेताहरुले केन्द्रीय समितिलाई नै झक्झक्याएका छन् । उनीहरुले सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, प्रदेश प्रमुख इन्द्र बानियाँ, सहमहामन्त्री बद्री पाण्डे लगायतलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । 

    कान्छारामले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन नगरी मनोमानी गरेको भन्दै पार्टी जोगाउनका लागि पूर्व सभापति रामचन्द्र खड्का, महाधिवेशन प्रतिनिधिहरु भरत चौलागाई, युवराज भट्टराई, विनिता खड्का, मिना कार्की, रामकुमारी डाँगीलगायत महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, प्रदेश कमिटीलगायतका ४६ जना नेता कार्यकर्ताले ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । उनीहरुले ध्यानाकर्षण पत्रमा कान्छारामलाई कारबाहीको माग गरेका छन् । 

    कान्छारामले पार्टी सञ्चालनका क्रममा गरिएका गलत कार्यविरुद्ध फरक मत राख्ने काँग्रेस नेताहरुमाथिसमेत स्पष्टीकरण नसोधी गालीगलौज गर्दै कारबाही गर्ने गरेको लगायतका आरोप उनीमाथि छ । महाधिवेशन प्रतिनिधि भरत चौलागाईले भने, ‘जिल्लामा ९५ प्रतिशत मानिस सभापतिको खिलापमा छन् । पार्टी पूरै ध्वस्त गराएको आरोप उहाँमाथि छ । उहाँको विरोध गर्यो कि कारबाही भइहाल्छ । जिल्लाभरबाट म एकललाई कारबाहीको सिफारिस गरिएको छ । अनुशासन समितिलेसमेत पनि अनुमोदन गरेको छैन । विद्रोही उठेकालाई आफूखुशी कारबाही फिर्ता गर्ने र हामीजस्ता पार्टीप्रति कटिबद्ध भएकालाई कारबाही सिफारिस गरिएको छ ।

    त्यस्तै महाधिवेशन प्रतिनिधि विनिता खड्काले कार्यकर्ताको भावना विपरीत निजी कम्पनी चलाएजस्तो पार्टी चलाएको, कामकारबाही एकलौटी चलाउने गरेको, मनोमानी ढंगले गर्दा काँग्रेसको शाख गिरेको भन्दै अब भनेको नभए अविश्वासको प्रस्ताव ल्याउने बताइन् । पीडितहरुले तत्काल समानान्तर पार्टी अफिस खोलेर कारबाहीका लागि माहोल बनाउने बताएका छन् । यसको मुख्य उद्धेश्य नै अविश्वासको प्रस्ताव ल्याएर कारबाही गर्ने नै हुने एक महाधिवेशन प्रतिनिधिले बताए । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend