Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ : मुख्यमन्त्री शर्मा


८, फागुन २०८०
  • 276
    SHARES
  • प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ : मुख्यमन्त्री शर्मा

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभएको छ ।

    कर्णाली प्रदेश अस्पतालको १८औँ स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल प्रशासनको विशेष हात रहेको बताउनुभयो । 

    “धेरै अस्पतालले बिरामी बढ्दा सेवामा प्रभाव बढेको ठान्छन्,” उहाँले भन्नुभयो, “बिरामी होइन, हामीले रोग बढ्न नदिने गरी गुणस्तरीय सेवाको विकास र विस्तार गर्नुपर्दछ ।” प्रदेश सरकारले दशवटै जिल्लामा स्वास्थ्य सेवाको विकासमा विशेष जोड दिएको बताउँदै सङ्घीय सरकारको केन्द्रीकृत मानसिकताले केही अप्ठ्यारो परेको टिप्पणी गर्नुभयो ।

    उहाँका अनुसार स्वस्थ र शान्त नागरिकमात्र समाजमा खुसी र सुखी हुन सक्छ । नेतृत्वले त्यो वातावरण निर्माणतर्फ सोच राख्नुपर्दछ । अस्पतालको सेवा वृद्धि र जनशक्ति व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । 

    नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश अस्पताल प्रदेश सरकारको बजेटमा उच्च प्राथमिकतामा परेको जनाउनुभयो । उहाँले भन्नुभयो, “नागरिक सेवा सर्वसुलभ बनाउन गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरौँ । जनसरोकारका सवालहरुलाई बृहत्रुपमा छलफलको विषय बनाऔँ ।”

    आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश अस्पताल प्रदेश सरकारको गर्व गर्न लायक स्वास्थ्य संस्था बन्दै गएकाले यसलाई विशिष्ट स्वास्थ्य संस्थाका रुपमा विकास गर्नुपर्ने सुझाउनुभयो ।

    कर्णाली सरकारका प्रमुख सचिव चुडामणि पौडेलले अस्पतालको सेवालाई आधुनिकीकरण गरी विशेषज्ञ सेवालाई गाउँमा पुर्‍याउनुपर्ने सुझाव दिनुभयो । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले आठ वर्षको कार्यकालमा आठ उपलब्धि हासिल गरेको बताउनुभयो ।

    भौतिक पूर्वाधारमा भएको विकास, जनशक्तिको पर्याप्तता, आधुनिक स्वास्थ्य उपकरण जडान, अस्पतालको सेवामा सुधार तथा विस्तार, जटिल खालका रोगको निदान तथा उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र कोरोना महामारीसँगको साहसिक लडाइँ, अस्पतालको सर्वाङ्गीण विकासका लागि सरोकारवालासँगको प्रगाढ सम्बन्ध र सहकार्य तथा यी सबै प्रयासबाट आर्जित जनविश्वास प्रमुख उपलब्धि भएको उहाँले बताउनुभयो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा. मङ्गल रावलले पश्चिम नेपालको हिमाली क्षेत्र अवस्थित प्रतिष्ठान र प्रदेश अस्पतालबीचको सहकार्यले कर्णालीका नागरिकको स्वास्थ्य अवस्था जुरुक्कै माथि उठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी चाप बढ्नुले कतै हामीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सकेनौँ कि भन्नेबारे गम्भीररुपले सोच्नै पर्दछ ।”

    प्रतिष्ठानमा ९० भन्दा बढी विशेषज्ञसहित तीन सय ५० जनशक्ति रहेको जनाउँदै उपकुलपति रावलले ग्रामीण स्वास्थ्यको अध्ययन केन्द्र जुम्ला बन्ने जिकिर गर्नुभयो । प्राज्ञिक संस्था र अस्पताल दुवै एक अर्काका परिपूरक भएकाले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend