Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रमाणमा आधारित अनुसन्धानमा ‘डिजिटल फरेन्सिक ल्याब’ प्रभावकारी


१०, फागुन २०८०
  • 178
    SHARES
  • प्रमाणमा आधारित अनुसन्धानमा ‘डिजिटल फरेन्सिक ल्याब’ प्रभावकारी

    काठमाडौँ । प्रमाणप्रधान अपराध अनुसन्धानमा नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक ल्याब’ सहयोगीसिद्ध भएको छ । 

    डेटा विश्लेषण गरी प्राप्त नतिजालाई ‘रिपोर्टिङ’ गर्ने भएकाले फरेन्सिक ल्याबले अदालत वा न्यायिक प्रक्रियाको अनुसन्धानका लागि प्रभावकारी तुल्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । 

    प्रवक्ता ढकालका अनुसार स्थापनादेखि हालसम्म ल्याबले चार हजार पाँच सय ५३ वटा मुद्दाका जम्मा २१ हजार चार सय १५ वटा सबुद परीक्षण गरेको छ । अझै पाँच हजार एक सय १३ वटा मुद्दाका २४ हजार चार सय २५ वटा सबुद परीक्षणका लागि ल्याबमा दर्ता भएका छन् । उहाँले अहिले दर्ता भएकामध्ये पाँच सय ६० मुद्दाका तीन हजार १० सबुद परीक्षणका क्रममा रहेका बताउनुभयो ।

    चालू आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा चार सय ४० वटा मुद्दाका दुई हजार एक सय ६२ वटा सबुद परीक्षण सम्पन्न भएका जनाइएको छ । प्रवक्ता ढकालले भन्नुभयो, “प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्याबको रहन्छ ।

    आजकल अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो ।”

    नेपालमा अपराध अनुसन्धानका क्रममा सङ्कलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याब स्थापना भई क्रियाशील रहेको छ । 

    ल्याबका प्रमुख, प्रहरी उपरीक्षक श्यामकुमार मण्डलका अनुसार हाल ल्याबबाट कम्प्युटर, मोबाइल, सामाजिक सञ्जाल, मल्टीमिडिया, मेमोरी, ड्रोन, जिपीएस र आइओटी डिभाइसलगायत फरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई प्रतिवेदन प्रदान गर्ने गरिएको छ ।

    अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, वन कार्यालय फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend