Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुपन्देही पुल तथा स्नुकर संघमा नयाँ नेतृत्व चयन


२५, वैशाख २०८०
  • 217
    SHARES
  • रुपन्देही पुल तथा स्नुकर संघमा नयाँ नेतृत्व चयन

    बुटवल । रुपन्देही पुल तथा स्नुकर संघ बुटवलको पाँचौ साधरण सभा तथा तेस्रो अधिवेशन सोमबार बुटवल सम्पन्न भएको छ । जिल्लामा २०६८ सालमा स्थापना गरिएको संघले स्नुकरलाई निरन्तरता दिदै आएको छ।

    कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले यो खेल अनिवार्य रुपमा प्रतियोगितामा सामेल भई खेल्ने गरी चुस्त भएर काम गर्न आग्रह गर्दै उनले भने, तपाईहरु काम गर्नुहोस्, खेललाई आगामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाउने गरि अगाडि बढेमा आफुले आर्थिक समस्या पर्न नदिने प्रतिबद्धता जनाए ।

    रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा स्नुकर संघका संस्थापक अध्यक्ष समेत रहेका भुपेन्द्रवहादुर क्षत्री ९हरीले० स्नुकर खेललाई सुस्ताउन नदिन आग्रह गरे । नेतृत्वकर्तादेखि कार्यसमितिहरुले आ(आफ्नो जिम्मेवारीलाई निभाएर उक्त खेललाई क्रियाशिल रुपमा अगाडि बढाउन सुझाब दिए । जिल्ला खेलकुदमा हाल ३६ वटा मात्रै परेकाले अब स्नुकर खेललाई पनि विधिवत रुपमा ल्याएर ३७ वटा खेल समावेश गरिने जनाए । खेल क्षेत्रलाई चलायमान गराउन सरकार सँग बजेट विनियोजनका लागि प्रपोजल पेश गर्न र कालो किताबमा लेखाउन सके बजेट अभाव नहुने उल्लेख गरे । संघलाई सक्रिय बनाउन मासिक बैठक र बर्षमा एकपटक प्रतियोगिता राख्नुपर्ने जनाए ।
     
    संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले नेतृत्व लिएसंगै कोभिड संक्रमण र आर्थिक संकटबाट देश समस्यामा परेको समयमा पनि विभिन्न प्रतियोगिताहरु गर्न सफल भएको जनाए । कार्यक्रममा संघका संरक्षक सोभित दर्लामी, वरिष्ठ सल्लाहकार सन्जयरत्न बज्राचार्य, सल्लाहकार राजु गुरुङ, दुर्गा थापा, सुरज मकाजु, प्रमोद थापा, हेम पुन, शिशिर गुरुङ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, प्रेस सल्लाहकार टोपराज शर्मा, दिपक न्यौपाने, रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचन, संघका सचिव शिव राना, संघमा उपाध्यक्ष सुजन पुन, बबिन थापा, कोषाध्यक्ष गोपाललेबोलेका थिए ।
     
    पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले संघको सर्वसम्मत रुपमा सुजन पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको   प्रथम उपाध्यक्ष बासु प्रधान, द्वितिय उपाध्यक्ष नबिन गुरुङ, महासचिव शंकर खड्का, सचिव प्रकाश क्षेत्री, कोषाध्यक्ष अमिन थापा तथा सदस्यहरुमा बिशाल काउचा, सरोज केसी, रमेश रोका, सन्जु बस्नेत, जोसनमान गौचन, बिजय गुरुङ, साराङ राना, समुन्द्र अमात्य, प्रदिप विक निर्वाचित भएका छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend