Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अवैध लागूऔषधसहित दुई जना पक्राउ


११, फागुन २०८०
  • 155
    SHARES
  • अवैध लागूऔषधसहित दुई जना पक्राउ

    काठमाडौँ । कपिलवस्तु नगरपालिका-११ बनगाई पचेहरास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालयबाट पिपराबाट खटिएको प्रहरीले लु २२ प ७५० नम्बरको मोटरसाइकलललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    साथै प्रहरीले लु ३ प २७१३ नम्बरको मोटरसाइकललाई समेत जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जना व्यक्ति मोटरसाइकल छोडी फरार भएका छन् । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

    त्यस्तै नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह टंकपसरी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित भारत बहराईच रुपैडिहा थाना हासीयात टोल बस्ने २२ वर्षीय अनिस खानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend