Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलका वडाध्यक्ष पुनले राखे "ग्रेटर नेपाल"को नक्सा


२९, जेठ २०८०
  • 139
    SHARES
  • बुटवलका वडाध्यक्ष पुनले राखे "ग्रेटर नेपाल"को नक्सा

    बुटवल। भारतले केहीसमय अगाडि अखण्ड भारत भन्दै आफरनो नयाँ संसद भवनमा नेपाली भूमि रुपन्देहीको बुद्ध जन्मस्थल लुम्विनी र कपिलवस्तुलाई स्पष्टरुपमा नक्सामा राखेपछि त्यसका विरुद्ध पहिलापटक काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (वालेन) ले आफ्नो कार्यकक्षमा ग्रेडर नेपालको नक्सा राखेपछि यतिवेला देशका विभिन्न स्थानमा रहेका सरकारी निकाय अन्र्तगत पर्ने वडाध्यक्षले समेत राख्न थालेका छनन् ।

    भारतलाई काउन्टर दिनेगरी शाहसका साथ ग्रेडर नेपालको तस्विर राख्न कफल भएकोमा धन्ष्वादका पात्र बेनका छन् मेयर वालेन । त्यस्तै शाहसका साथ अगाडि बढेका छन्, बुटवल उपमहानगरपालिका वडा न–१० का वडाध्यक्ष वलबहादुर पुन (वलु) । उनले पनि आफ्नो कार्यकक्षमाम नेपाल 'ग्रेटर नेपाल' को नक्सा राखेका छन्। यसैगरी  झापा, इलाम लगायत देशका विभिन्न पालिकाका वडाहरुमा वडाध्यक्षहरुले ग्रेटर नेपालको नक्सा राख्न थालेका छन् । 

    झापाको दमक नगरपालिका वडा न–७ र ८ का वडाध्यक्षले ग्रेटर नेपालको नक्सा सजाएका छन् । ७ का वडाध्यक्ष भीम पौड्यालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपाल को नक्सा राखेका छन् ।  आइतबार वडाध्यक्ष पौड्यालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । वडा अध्यक्षको कार्यकक्षमा राखिएको ग्रेटर नेपालको नक्सामाथि पृथ्वीनारायण शाहको तस्बिर पनि राखिएको छ ।

    साथै दमक नगरपालिका वडा न– ८ का  वडाध्यक्ष दिपेश दाहालले पनि आइतबारै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । इलाममा नगरपालिका– १० का वडाध्यक्ष दिलीप प्रधानले पनि आफ्नो  कार्यकक्षमा  ग्रेटर नेपालको नक्सा राखेका छ्न् । पछिल्लो समय भारतले नेपालको भूमि समेत समावेश गरि सांस्कृतिक नक्सा तयार गरेको प्रसङ्ग पश्चात् नेपालमा उक्त विषय पेचिलो बन्दै गएको छ । साथै उक्त नक्सा बारे नेपालको संसद्मा पनि चर्चा परिचर्चा शुरु भएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend