Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

“क्याथ ल्याब” सेवा लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु


१६, फागुन २०८०
  • 245
    SHARES
  • “क्याथ ल्याब” सेवा लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवा सुरु भएको छ । अस्पतालको ११४ औ बार्षिक उत्सवको अबसर पारेर प्रादेशिक अस्पतालले यो सेवा सुरु गरेको हो ।

    मुटुको परिक्षण गर्ने क्याथ ल्याव सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उदघाटन गर्नुभएको हो ।प्रदेश मातहतका अस्पतालहरुमा क्याथ ल्याव सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो भएको अस्पतालले जनाएको छ ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालय राजु खनालले क्याथ ल्याब सञ्चालनको लागि चालु आर्थिक वर्षमा २२ करोड रुपैंयाँ बिनियोजन गरेको जानकारी दिनुभयो । क्याथ ल्याव सेवा सुरु भएसँगै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण फड्को मारेको मन्त्री खनालको भनाई छ । “मुटु सम्बन्धी सानो समस्या हुँदा पनि अन्यत्र जानु पर्ने बाध्यता अब हटेको छ । 

    अब प्रदेश भित्रै यस्को उपचार हुन्छ ।” मन्त्री खनालले भन्नुभयो “प्रादेशिक अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल बनाउने कार्य अन्र्तगत यो सेवा सुरु गरिएको हो ।” उहाले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशकै विशिष्टीकृत र राष्ट्रकै अब्बल अस्पताल बनाउनको लागि कुनै कसर बाँकी नराखि काम गरिने बताउनुभयो ।

    स्वाथ्य मन्त्रालयका सचिव डा.जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकिकृत विकास आवश्यक रहेको भन्दै आफुले मन्त्रालयबाट सेवा, सुविधा विस्तारको लागि पहल गर्दै आएको बताउनुभयो । 

    उहाँले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दी अनुसार चिकित्सक  अभाब हुन नदिने बताउनुभयो ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुदर्शन थापाले शल्यक्रिया बिना नै मुटुका सामान्य अवरोधहरु हेर्ने, खोल्ने र मुटुको भल्भहरु साँघुरो भए घटाउने काम क्याथ ल्याबबाटै हुने बताउनुभयो । अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचारमा थप सहज हुने डा.थापाले बताउनुभयो । 

    दैनिक झण्डै ३ हजार बिरामीले ओपीडी सेवा लिने अस्पतालमा मुटुरोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याव सेवा जरुरी भएको अस्पतालका बरिष्ट मुटु रोग विशेषज्ञ रोशन घिमिरेले बताउनुभयो ।

    लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैंयाँ बिनियोजन गरेको थियो । क्याथ ल्याबमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर लगायत गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले बताउनुभयो ।426569008_1498566874351898_1987750554414905697_n.jpg429739273_8007283059299916_3319118327001523089_n.jpg

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend