Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुशासनको हकमा तीनै सरकार कमजोर -सांसद गौतम


२९, जेठ २०८०
  • 252
    SHARES
  • सुशासनको हकमा तीनै सरकार कमजोर -सांसद गौतम

    बर्दिया । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सन्जय गौतमले सुशासन कायम गर्न आआफ्नो स्थानबाट सम्पूर्ण निकायहरु जिम्मेवार बन्नु पर्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बर्दियामा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री गौतमले सुशासनको हकमा तीनै तहका सरकार कमजोर भएको बताए ।

    उनले संघीयताप्रति जनताको आस्था घटेको भन्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जवाफदेहीता बनाउनुपर्नेमा जोड दिए । सांसद गौतमले प्रदेश र स्थानीय तह कार्यकर्ता भर्ती गर्ने थलो भएको बताउदै त्यसको रोकथामतिर लाग्नुपर्ने बताए । उनले बबई नदीको समस्या समाधानका निम्ति आफुले पहल नगरेको भए बबई नदीको अस्तित्व नै समाप्त हुने जिकिर गरे । गौतमले अरुलाई दोष दिएर उम्कने ठाउँ नभएको बताउदै देशमा सुशासन कायम राख्न सबै मिलेर जानुपर्नेमा जोड दिए । 

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयका पूर्वमन्त्री तिलकराम शर्माले ससाना कुराहरुलाई सुधार गरे मात्र पनि सुशासन कायम गर्न सहयोग पुग्ने बताए । उनले सुशासन कायम गर्न आफुबाट नै सुधार गर्नुपर्ने बताउदै संघीयताप्रति जनतामा देखिएका वितृष्णा हल गर्न प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउनु पर्नेमा जोड दिए । 

    जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर विष्टले समन्वयलाई विना अधिकार, स्रोत र साधन विना सेतो हात्तीको संज्ञा दिएकोमा आक्रोस पोखे  । विष्टले यदि समन्वयलाई अधिकार सम्पन्न नबनाउने हो भने त्यसलाई खारेज गर्न माग गरे । त्यसैगरी कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालले सेवाग्राहीलाई छिटोछरितो र पारदर्शि रुपमा भेदभाव नगरी समान रुपले सेवा प्रदान गरेको बताए । उनले विकृति र बिसंगतिको न्युनिकरणका लागी संशक्त रुपमा लाग्ने बताउदै कुनै उजुरी आए कारवाही गर्न पछि नहट्ने बताए । 

    सामाजिक अभियन्ता धनेश यादव, पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, हेमन्त गिरी, गैरसहकारी महासंघका अध्यक्ष प्रिज्मा सिंह थारु, बबई बहुमुखी क्याम्पसका प्रमुख विरेन्द्र लम्साल, ज्ञानुमाया रिजाल, तोफा यादव, पत्रकार कमल पन्थी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले बोल्दै सुशासन कायम गर्न शैक्षिक क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने बताए । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, सामाजिक अभियन्ता ठाकुर सिंह थारुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    1686551285836.jpg

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend