काठमाडौँ । राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै गरिएको बताउनुभएको छ ।
ढुंगानाले बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा यो जानकारी दिनुभएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको उहाँले बताउनुभयो ।
ढुंगानाका अनुसार ती मुद्दामा ४५ प्रतिवादीलाई एक अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । विभागले ४५ मुद्दा विदेशी विनियम अपचलनका ९७ करोड १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ । विदेशी विनिमय अपलचमा ८३ जना प्रतिवादी रहेका छन्।
विभिन्न प्रकृतिका राजस्व छलीका घटनाहरू रहेका छन् । डिडिटल करेन्सी, क्रिप्टो करेन्सी, हुण्डी कारोबार गरी राजस्व छली गरेको पाइएको विभागले जनाएको छ।