Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुख्यसचिव अर्यालमाथि एक्शन लिने अख्तियारको अन्तिम तयारी


२०, फागुन २०८०
  • 188
    SHARES
  • मुख्यसचिव अर्यालमाथि एक्शन लिने अख्तियारको अन्तिम तयारी

    काठमाडौं । टेरामक्स प्रविधि घोटालामा बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठराज अर्यालमाथि नै भ्रष्टाचार मुद्दा दायर हुन लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर आएका स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालले राजीनामा नदिँदा यस्तो अवस्था आएको हो ।

    मुख्यसचिव नै भ्रष्टाचारमा मुछिएको र अख्तियारमा बयान दिने अवस्था आउनु भनेको प्रशासनिक क्षेत्रको शीर निहुरिनु भएको भनेर पूर्व प्रशासकहरुले गुनासो पोख्न थालेका छन् । सम्भवतः नेपालको इतिहासमै बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो ।

    मुख्यसचिव डा. अर्याललाई अख्तियारमा बयान दिन गएको बेलै अख्तियारका उच्च अधिकारीले मार्गप्रशस्त गर्दा राम्रो हुने सुझाव दिएको स्रोतको दाबी छ । तर, उनले उल्टै अख्तियारका पदाधिकारीलाई सर्वोच्च अदालतको संवैधानिक इजलासबाट हटाउने चलखेलमा लागे । यद्यपि मुख्यसचिव डा. अर्यालको चलखेल सफल हुन सकेन ।

    अख्तियार उच्च स्रोतकाअनुसार विकल पौडेल र सुनिल पौडेल जस्तै डा. अर्याललाई पनि हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने अवस्था छ । तर, मुख्यसचिव कै कुर्सीमा बसिरहेकाले अख्तियार ‘पर्ख र हेर’ स्थितिमा देखिन्छ । १ महिनादेखि मुख्यसचिव डा. अर्यालले अख्तियारको सुझाव लत्याएकाले अब भने एक्सन लिने अख्तियारको तयारी रहेको बुझिन्छ ।

    अख्तियारले टेरामक्समा आज÷ भोलि नै भ्रष्टाचार मुद्दा लैजान लागेको छ । यस्तै, अन्य मुद्दा पनि तयारी अवस्थामै छन् । नेसनल पेमेन्ट गेटवे सिस्टम र अकुत सम्पत्ति आर्जनमा पनि मुख्यसचिव अर्यालमाथि अनुसन्धान अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ ।

    नेपाल टेलिकमको बिलिङ सिस्टमदेखि नेपाल आयल निगमको बोनस वितरण घोटालासम्ममा मुख्य सचिव अर्याल अख्तियारको छानबिनमा रहेका छन् । अहिलेको समग्र अवस्था हेर्दा र विष्लेषण गर्दा मुख्यसचिव डा.अर्यालले स्वास्थ्यमन्त्री बस्नेतले जस्तो अटेर नगरी तत्काल पदबाट राजीनामा दिए निजामती प्रशासनका लागि ठूलै योगदान हुने देखिन्छ ।

  • सत्ता बदलिन्छ, प्रहरीको निष्ठा बदलिँदैन : कार्की प्रकरणले उठायो सुशासनमाथि प्रश्न

    राजनीतिक आदेशभन्दा माथि कानुन हुनुपर्ने प्रहरी संगठनमा नेतृत्व परिवर्तनको विवाद; प्रहरीको व्यावसायिक स्वतन्त्रता, सरकारको जवाफदेहिता

  • आईजीपीबाट हटाइएका कार्कीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै’

    काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको

  • अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर विषय हो, चुहावटको पनि छानबिन होस् : साम्सद पन्थी

    काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend