Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दाङबाट काँग्रेसको चेतावनीः नेतृत्व नसच्चिए गम्भिर क्षति


२९, जेठ २०८०
  • 119
    SHARES
  • दाङबाट काँग्रेसको चेतावनीः नेतृत्व नसच्चिए गम्भिर क्षति

    दाङ । पार्टी रुपान्तरणको अभियान सञ्‍चालन गरेका नेपाली काँग्रेस नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् । पार्टी सभापती शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टी पोख्दै उनीहरूले समयमै नेतृत्व नसच्चिए पार्टीलाई गम्भिर क्षति पुग्ने चेतावनी दिए । दाङमा भएको लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागी थियो । कार्यक्रममा रुपान्तरण अभियानका नेताहरूले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेको कार्यक्रममा सहभागि कांग्रेस युवा नेता विष्णु पोखरेलले जानकारी दिए ।

    सो अवसरमा नेपाली काँग्रेसका नेता तथा नेपाली काँग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्य–मान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी गरे । काँग्रेस नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नेपाली कांग्रेस पार्टी सिद्धान्त र विचारको मार्गदर्शनभन्दा बाहिर गई चल्न थालेको बताए । उनले त्यो परिस्थितिलाई सच्याई नयाँ रुपान्तरणको बाटो खोज्न आफूहरूले अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।

    कार्यक्रममा युवा नेता रन्जित कर्णले बीपीले  जन्माएको नेपाली कांग्रेसमा विचौलियाहरू हाबी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताए । नेतृत्वकर्मीहरू पार्टी र कार्यकर्ताहरूको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उनको ठहर थियो ।नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको अध्यक्षता भएको कार्यक्रममा बिजुला बर्मा राना, लक्ष्मी पाण्डे लगायतले रुपान्तरण अभियानको आवश्यकता र औचित्य प्रस्ट्याएका थिए । कार्यक्रममा प्रदेशका १२ वटै जिल्लावाट अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend