Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फरार अभियुक्त पक्राउ


२१, फागुन २०८०
  • 155
    SHARES
  • फरार अभियुक्त पक्राउ

    खजुरा । बाँके प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत महिना आफ्नै छिमेकी एक व्यक्तिलाई कुटपिट गरी फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको हो ।

    प्रहरीले कर्तव्य ज्यान कसुरमा संलग्न रही फरार रहेका बाँकेको जानकी गाउँपालिका-१ का ३२ वर्षीय बाटुर भन्ने ईसरार खाँलाई पक्राउ गरेको हो । ईसरारले सोही ठेगाना भएका आफ्नै छिमेकी २३ वर्षीय मुनिर भन्ने अरमान खानलाई कुटपिट गरी मारेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

    गत माघ महिनाको १९ गते गाउँमा आपसी विवाद हुँदा ईसरारले अरमानलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका अरमानलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि पुर्‍याइएको  थियो । उपचारका क्रममा अरमानको माघ २३ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अरमानलाई कुटपिट गरी घाइते बनाएपछि ईसरार फरार थिए । प्रहरीले कुटपिटमा संलग्न फरार रहेका ईसरारलाई फागुन १८ गते पक्राउ गरेको र २० गते बाँके जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend