Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेमा फर्किने वामदेवदेखि रामकुमारीको तयारी


३०, जेठ २०८०
  • 122
    SHARES
  • एमालेमा फर्किने वामदेवदेखि रामकुमारीको तयारी

    काठमाण्डौं । एमालेले विधानबाट ७० वर्षे उमेर हदलाई निलम्बन गरेपछि पूर्व नेताहरु वामदेव गौतमलगायत पार्टीमा आउने तयारी भैरहेको छ । एमालेकै नेताहरुले गौतम र उनको समूहलाई पार्टीमा ल्याउने कसरत शुरु गरिएको हो । विधानबाट उमेर हद हटाएपछि गौतमले उत्साही हुँदै एमालेमा जान सकिने अभिव्यक्ति दिएका थिए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गौतमको संगठित सदस्य एमालेमै रहेको टिप्पणी गरेका थिए ।

    अहिले धेरै कुरा नगरौ गौतमसँगै उहाँसँग रहेको टिम एमाले प्रवेशको तयारीमा छ त्यसको गृहकार्य हुँदैछ’, एमालेका एक नेताले भने । चुनौतीको सामनाका बीच एमालेले दुईवटा महाधिवेशनसम्म अभ्यास गरेको ७० वर्षे उमेरहद निलम्बन गरेको छ । बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनबाट एउटै कार्यकारी पदमा दुईपटक भन्दा बढी निर्वाचित हुन नपाइने व्यवस्था एमालेले गरेको थियो । त्यस्तै २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट ७० वर्ष उमेर हदको प्रावधान राखिएको थियो । तर यसपटक मुकुन्द न्यौपानेलाई देखाएर सचिवलाय बैठकबाट निलम्बन गरेपछि वामदेव गौतमलाई पनि पार्टीमा ल्याउन सहज भएको हो । 

    गौतमसँगै केशवलाल श्रेष्ठ, हरि पराजुली, बलराम बाँस्कोटा लगायतका नेताहरु पनि एमालेमा आउने भएका छन् । उनीसँगै नेकपा एसमा रहेकी रामकुमारी झाँक्री पनि एमालेमा आउन लागेको स्रोतले जनाएको छ । विगत लामो समयदेखि झाँक्री माधव नेपालसँग सन्तुष्टि छैनिन् । उनी यतिबेला एस पार्टीमा निस्कृय जस्तै बसेकी छिन् । 

    ‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ,’ एमाले विधानको धारा ६४ मा भनिएको छ, ‘तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुग्ने छैन । सचिवालय बैठकले उमेर हद निलम्बन गरेपछि अध्यक्ष ओलीलाई फेरि तेहेरिने मौका मिले पनि एमालेका युवा नेताहरुले त्यसमा सहमति जनाउन सकिरहेका छैनन् । 

    ७४ वर्ष उमेर पुगेका वामदेवले यो निर्णयपछि एमालेमा फर्किन खुट्टा उचालिसकेको अवस्थामा एमालेकै नेताहरुले पनि पहलकद्मी थालेका छन् । ‘उमेरहद हटाएपछि एमालेमै फर्किने हो । साथीलाई पनि लिएर जान्छु,’ गौतमले गत बुधवार सञ्चारकर्मीसँग भनेका थिए , ‘पार्टी सदस्यता नवीकरण गर्न श्रीमती तुलसा थापालाई पठाइहाल्छु ।  तर ओलीले बुधबार नै सदस्यता यता भएको अवस्थामा उनलाई आउन बाधा नभएको बताएका थिए । त्यसयता एमालेका नेताहरुसँग गौतमको निरन्तर संवाद चलिरहेको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend