Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मैले काठमाडौंमा घर किन्न राजनीति गरेको होईन–सहमन्त्री राठौर


३०, जेठ २०८०
  • 304
    SHARES
  • मैले काठमाडौंमा घर किन्न राजनीति गरेको होईन–सहमन्त्री राठौर

    बाँके । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेता र कर्मचारी जनताको सेवक बन्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलद्धारा आयोजना र लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजित सुशासनका लागी साक्षात्कार कार्यक्रममा बोल्दै सांसद राठौरले नेता र कर्मचारी सेवक भन्दा बढी शासक बन्न खोजेको आरोप लगाए ।

    सांसद राठौरले संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताउदै देशलाई सम्वृद्धिको बाटोमा लैजान सबै अनुशासित बन्नुपर्ने बताए । राठौरले देशको प्रमुख चुनौति नै भष्ट्रचार भएकाले त्यसको समाधानका लागी आफ्नो काम कर्तब्य प्रति जिम्मेवार  र उत्तरदायी बन्नुपर्नेमा जोड दिए । उनले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा  घर किन्न राजनीति गरेको नभई जनताको सेवक सेवा गर्न राजनीतिमा आएको बताए ।

    त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले समन्वय समितिलाई पूर्ण अधिकार नदिई सौताको छोराको व्यवहार गरेको टिप्पणी गरे । उनले जिल्लाको समग्र अनुगमनको पाटो  समन्वयले गर्ने भए पनि त्यसको कुनै औचित्य नभएकाले बिना स्रोत र साधनको समन्वय खारेज गर्न समेत माग गरे ।

    नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योजनाहरु डुब्लीकेशनका कारण भष्ट्राचार बढेको बताउदै उनले योजनाहरु छनोट गर्दा छलफल र समन्वय गरी पारदर्शी ढङ्गले टुङ्गो लगाउनुपर्ने बताए । विष्टले सुशासन कायम राख्न खर्चको मितव्ययिता अपनाउनुपर्नेमा जोड दिए ।

    यसैगरी कार्यक्रममा बाँकेका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले अधिकार क्षेत्र र जिम्मेवारी अनुसार काम गरे सुशासन कायम हुने बताए । उनले भेदभाव नगरी सेवाग्राहीलाई छिटो छरितो र पारदर्शि रुपमा सेवा दिने गरेको बताउदै कार्यालयहरुलाई आफ्नो काम र कर्तव्यप्रति बफादार भई काम गर्न आग्रह गरे ।  

    कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु,डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा वानो,खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी,कोष तथा लेखा नियन्त्रणका प्रतिनिधी शरदकुमार बराल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋिषि चौलागाई,महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणि आर्चाय, राष्ट्रिय समाचार समितिका नेपालगंन्ज प्रमुख युवराज पाण्डे,पत्रकार नविन गिरी,रविन्द्र घिमिरे,आरती कट्टेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो  ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend