Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सत्य र तथ्यपरक समाचार मात्र प्रकाशित गर्न सीआईबीको निर्देशन


२, चैत २०८०
  • 200
    SHARES
  • सत्य र तथ्यपरक समाचार मात्र प्रकाशित गर्न सीआईबीको निर्देशन

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सत्य र तथ्यपरक समाचारहरुमात्र प्रकाशित गरी सहयोग गरिदिन अनुरोध गरेको छ । 

    १४ के.जी. सुन भन्सार चोरी पैठारी मुद्दामा फरार प्रतिवादी पक्राउ सम्बन्धमा सीआईबीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो आग्रह गरेको हो । 

    सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले विज्ञप्ति निकालेर १४ के.जी. सुन तस्करी प्रकरणमा सीआईबीले कुनै अनुसन्धान नगरेको स्पष्ट पारेका छन् ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट अनुसन्धान भइरहेको १४ के.जी. सुन भन्सार चोरी पैठारी मुद्दामा फरार प्रतिवादी पक्राउ गरी सहयोग गरी दिने भनी भन्सार कार्यालयको अनुरोध पत्रको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मुद्दामा संलग्न फरार प्रतिवादी वर्ष ६२ का जीवन कुमार गुरुङ (ना.प्र.८७) लाई कानून बमोजिम मिति २०८०/११/१४ गते पक्राउ गरी सोही दिन आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको हो,’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ,

    ‘सो सम्बन्धमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट नै अनुसन्धान भइरहेको र यस कार्यालयबाट सो मुद्दा सम्बन्धमा कुनै अनुसन्धान नभएको हुँदा विभिन्न सञ्चार माध्यमहरूमा यस कार्यालयको हवला दिँदै प्रकाशित समाचारहरू प्रति गम्भीर ध्यानाकर्षण भएको छ । 

    यस कार्यालयसँग सम्बन्धित समाचारहरू प्रकाशित गर्दा सत्य र तथ्यपरक समाचारहरुमात्र प्रकाशित गरी सहयोग गरिदिनु हुन समेत सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा यस कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

     

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend