Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गगन थापा भन्छन्,: सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्छ


३०, जेठ २०८०
  • 209
    SHARES
  • गगन थापा भन्छन्,: सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्छ

    विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न उपयुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने बताएका हुन् ।

    ‘नेपाली काँग्रसको सभापतिले जे जति पार्टीका लागि गर्नुपर्ने हो, उहाँको ठूलो योगदान छ, उहाँप्रति हामी आभारी छौं,’ महामन्त्री थापाले भने, ‘अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ, जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनु भो, त्यहाँ हामी जोसुकै हौंला, कसैले पार्टी नेतृत्व गर्ने अवस्था आयो भने उहाँको ९देउवा० हितमा छ पार्टीको हितमा पनि छ ।’

    उनले नेतृत्व हस्तान्तरण र प्रधानमन्त्री हुने विषयमा देउवाले मार्ग प्रशस्त गर्दा पार्टी र देउवाको हितमा हुने दाबी गरे । ‘यो बिचको समयमा यी कुरा होस् भन्ने म चाहन्छु,’ उनले भने, ‘आफ्नो चाहनालाई व्यवहारमा परिणत गर्न प्रयत्न पनि गर्छु ।

    उनले अब देउवाले प्रधानमन्त्री पनि दाबी गर्न नहुने बताए । ‘यो संसदीय कार्यकालमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एकपटक सरकार त बन्छ, प्रधानमन्त्रीका रुपमा पनि उहाँले पाँच पटक काम गरिसक्नु भयो,’ उनले भने, ‘यो पाँचपटक प्रधानमन्त्री हुँदा देशका लागि, जनताका लागि थुप्रै काम भएका छन्, अब नेपाली कांग्रेसबाट नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend