Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीमा


४, चैत २०८०
  • 225
    SHARES
  • सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीमा

    काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पुगेको छ ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार उच्चस्तरीय जाँचबुझ आयोगका संयोजक एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यबाट बुझेको प्रतिवेदन कार्यान्वयन अघि बढाउन सीआईबीलाई जिम्मा लगाइएका हुन् ।

    आइतबार मन्त्रालयमा उपस्थित भएका सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन जिम्मा लगाएका हुन् ।

    विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा छानबिन गर्न सरकारले गत असोजमा पूर्व न्यायाधीश आचार्यको नेतृत्वमा छानबिन आयोग बनाएको थियो ।

    ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुगेको थियो। उक्त प्रतिवेदन भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा तयार भएको हो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend