Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुन र सहकारी मुद्दामा पक्राउ परेका दीपेशलाई ८ दिन हिरासतमा राख्न अनुमति


४, चैत २०८०
  • 239
    SHARES
  • सुन र सहकारी मुद्दामा पक्राउ परेका दीपेशलाई ८ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  

    शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।

    आइतबार जिल्ला अदालतले उनलाई ८ दिन हिरासमत राख्न अनुमति दिएको हो । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरासमेत रहेका दीपेश नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत हुन् ।

    दीपेशविरुद्ध सहकारी गठीमा समेत उजूरी परेको छ । जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए । सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो ।

    बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ ।

    गत साउन ३ गते काठमाडौंबाट बरामद भएको ६१ किलो सुन प्रकरणको छानबिन गर्न गठित आयोगले दीपेशमाथि मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।

    दीपेशको सुन तस्करी प्रकरणका मुख्य नाईँके दावा छिरिङसँग बाक्लो उठबस रहेको छानबिन समितिको ठहर छ ।

    सुन प्रकरणमा सीआईबीले गरेको छानबिन प्रभावकारी नभएको निष्कर्षसहित पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।

     

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend