Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महराका बाबु-छोरा प्रहरी हिरासतमा


५, चैत २०८०
  • 209
    SHARES
  • महराका बाबु-छोरा प्रहरी हिरासतमा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को कार्यालय पुर्‍याइएको छ ।

    सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सोमबार कपिलवस्तुको पकडीबाट नियन्त्रणमा लिएका महरालाई प्रहरीले गौतम बुद्ध विमानस्थल हुँदै काठमाडौँ ल्याई सीआइबीको कार्यालय पुर्‍याएको हो ।

    महराविरुद्ध मुद्दा उठाएर थुनाका लागि म्याद थप्न सरकारी वकिल कार्यालयमा लैजाने सीआइबीको तयारी छ ।

    पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले सुन तस्करीमा महराको संलग्नता रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । 

    आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआइबीलाई निर्देशन दिएका थिए । सोही अनुसार उनीमाथि अनुसन्धान गर्न सोमबार पक्राउ गरिएको हो । 

    सुन तस्करी प्रकरणमा छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि महरा पक्राउ परेका हुन् । यसअघि महराका छोरा राहुल गत भदौ १३ मा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान भइरहेको छ ।

    सीआइबीले सुरुमा उनीहरूलाई अनुसन्धानमा ल्याउन आनाकानी गरेको थियो । तर, सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भएको छ ।

    साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङ मुछिएका छन् ।

    महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका हुन् । महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा पक्राउ परेका थिए । महरालाई जिल्ला अदालतले सफाइ दिएको थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend