Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शुक्रवार भित्रै सरकारले पूर्णता पाँउछ–प्रवक्ता पाण्डे, आर्थिक संकटको बेला मन्त्रालय थप्नु नालायकपन–प्रमुख सचेतक चौधरी


२६, वैशाख २०८०
  • 117
    SHARES
  • शुक्रवार भित्रै सरकारले पूर्णता पाँउछ–प्रवक्ता पाण्डे, आर्थिक संकटको बेला मन्त्रालय थप्नु नालायकपन–प्रमुख सचेतक चौधरी

    बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले शुक्रवार भित्रै सरकारले पूर्णता पाउने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा  आयोजना गरेको कानुन र सुशासन  विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टिम सहितको सरकार बिस्तार गर्ने बताए । उनले दिगो विकासको अवधारणा सहित सरकार अघि बढ्ने जिकिर गर्दै संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिए  । उनले नीति नियमलाई पालना गरी आम नागरिकलाई सुशासनको प्रत्याभुति दिलाउने गरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकार लाग्ने जिकिर गरे । उनले काम गर्न सहज हुने गरी  एक मन्त्रालय थप गर्ने बताए  ।

    त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै जुन सुकै भष्ट्रचारीलाई संरक्षण गरेर नबस्ने जिकिर गरे । उनले प्रदेश सरकार कानुनको अभावका कारण सोचे अनुसारको गति लिन नसकेको बताउदै अधुरा ऐन र कानुन निर्माणमा एमालेले  सहयोग गर्ने जानकारी दिए । चौधरीले नेकपा एमाले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक संकटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन विरोधी काम भएकोे दाबी गरे ।

    नेपाली कांग्रेसका नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितका लागी काम गर्नुपर्ने बताए । उनले प्रदेश सरकार नीति नियम र कानुनको अभावका कारण अपूर्ण रहेको उल्लेख गर्दै संघीयता कार्यान्यवनका लागी प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । क्षेत्रीेले गठबन्धनको सरकार जनताप्रति उत्तरदायी भएर सुशासनको पक्षमा काम गर्न सुझाव दिए ।

    त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले नक्कली शरणार्थीमा दोषी ठहरिएमा  जो कोहीलार्ई पनि कारवाही दायरामा ल्याउनुपर्र्ने जोड दिए  । उनले नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारी कति भष्ट्र छ भन्ने उदाङ्गो पारेको जिकिर गरे । त्रिपाठीले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्ने बताए ।

    कार्यक्रम रिपोर्टर्स नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend