Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कस्तो विडम्वनाः तरकारी विक्रि नभएपछि वस्तुभाउलाई


३०, जेठ २०८०
  • 252
    SHARES
  • कस्तो विडम्वनाः तरकारी विक्रि नभएपछि वस्तुभाउलाई

    दाङ। दाङका किसानले लगाएको बन्दा बारीमै सुक्ने गरेको छ । बन्दा बिक्री नहुँदा बारीमै सुक्ने तथा वस्तुभाउलाई खुवाउनु पर्ने बाध्यता रहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न–११ मोतिपुरका राजेश डाँगीले १७ कठ्ठामा लगाएको बन्दा यसवर्ष बारीमै चरण गराउनु प¥यो । बिक्री नभएपछि वस्तुभाउलाई खुवाउनु पर्ने बाध्यता आईलाग्यो। १७ कठ्ठामा लगाएको बन्दा गोभी एउटा पनि बिक्री नभएपछि उनले गाई, बाख्रालाई खुवाउनुको भन्दा विकल्प नदेखेपछि निराश हुँदै गाईवस्तुलाई चराए ।

    उनले बन्दा खेति गर्न लागेको १० वर्ष भन्दा बढि भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर उनले १७ कठ्ठामा खेति गरेका थिए । उनि भन्छन्, गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो’, ‘त्यही भएर मैले यसवर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ । गएको वर्ष उनले १० कठ्ठामा मात्रै बन्दा खेति गरेका थिए ।

    भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उनको गुनासो छ । सबै भारतबाट आईहाल्छ’,उनले भने‘ त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन । त्यस्तै सोही ठाउँका किसान डम्बर कुमारी खत्री पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन भक्कानिने बताईन् । कृषि प्रधानदेशमा किसानले लगाएको तरकारीनै बिक्री नहुँनुले मुलुक कता जाँदैछ, भन्ने चिन्ताले पिरोल्ने गरेको उनी बताउँछिन् । ‘कृषि प्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ’,उनले भनिन्‘ तरकारी बिक्री नभएपनि नसक्ने, नबिग्रिने, प्रशोधन गरि अचारजस्ता कुरा बनाउने गरि सरकारले व्यवस्था गर्नुपथ्र्यो ।

    गतवर्ष ब्यापारीहरु बारीमा लिन आउने गरेको भएपनि यस वर्ष किन्न समेत नमानेको उनको भनाई छ । यस्तै भइरहेमा अर्को वर्ष खेति गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उनको भनाई छ । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend