Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मिटरब्याजीको ११ करोड १५ लाख बढीको मिलापत्र


६, चैत २०८०
  • 247
    SHARES
  • मिटरब्याजीको ११ करोड १५ लाख बढीको मिलापत्र
    जलेश्वर । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ । 
     
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा रु ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो ।
     
    उहाँका अनुसार जिल्लामा कूल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९ निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो ।
     
    त्यसैगरी, ऋणीबाट साहुद्वारा लिइसकिएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउनसमेत सफल भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
     
    अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजीसम्बन्धी निवेदनउपर दैनिक रुपमा निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाइएको छ । निवेदनहरुमा मिलापत्र गर्ने÷गराउने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । 
     
    पछिल्लो एक महिना (फागुनभरि) मा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनउपर छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो । ती निवेदनबाट रु चार करोड ९० लाख एघार हजार तीन सय ३४ को मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको हो । 

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend