Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित


३१, जेठ २०८०
  • 189
    SHARES
  • लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित

    दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभा बैठकमा दुई दिन छलफल भएको नीति तथा कार्यक्रम मंगलबार बसेको दोस्रो अधिवेशनको दसौं बैठकले बहुमतले पारित गरेको हो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभासमक्ष आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेश गरेका थिए। ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ।

    नीति तथा कार्यक्रमको विषयमा सदनमा व्यापक छलफल र चर्चा भएको छ। सत्तापक्षका सांसद नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ताबाहिर रहेका दलका सांसद भने चर्को आलोचनामा उत्रिए। अघिल्लो एमाले नेतृत्व सरकारले कोरोना जोखिम कोषको नाममा कृषि अनुदान बाँडेर कार्यकर्ता पोसेको आरोप सत्तारुढ दलका सांसद बैजनाथ कलवारले लगाएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए

    यस्तै, नीति तथा कार्यक्रममाथि पाँचजनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए। तर, संसोधन प्रस्तावसमेत बहुमतले अस्वीकृत भएको छ। नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए। एमालेका सांसद भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुन कुमार केसी, रत्नबहादुर खत्री, वसन्ती न्यौपानले संशोधन प्रस्ताव दर्ता गराएका थिए। बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका थिए। असार १ गते दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक बस्ने जानकारी गराइएको छ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend