Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भुटानी शरनार्थी प्रकरण प्रभाव

प्रचण्डले रोके महानिरीक्षक कुँवरको विदेश भ्रमण


२६, वैशाख २०८०
  • 251
    SHARES
  • प्रचण्डले रोके महानिरीक्षक कुँवरको विदेश भ्रमण

    काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरको पहिलो विदेश भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईजीपी कुँवरको अमेरिका भ्रमण रोकेका हुन् । आईजीपी भएपछि पहिलो विदेश भ्रमण तय गरेकोमा प्रधानमन्त्री प्रचण्डले तत्कालै सो भ्रमण रद्द गरेर अरुलाई पठाउन आदेश दिएपछि उनी अमेरिका जानबाट रोकिएका हुन् । मुलुकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान चलिरहेको र त्यो अनुसन्धान प्रभावित हुनसक्ने भन्दै उनको भ्रमणमा रोक लगाइएको हो । 

    कुँवर चैतमा आईजीपी नियुक्त भएका थिए । अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा भाग लिन जान लागेका आईजीपी कुँवरको भ्रमण तय भएको थियो ।  सो कार्यक्रममा भाग लिन नेपाल प्रहरीका एआईजीको टोलीलाई पठाइएको छ । भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको र सो अनुसन्धान प्रभावित हुनसक्ने भन्दै आइजीपीको भ्रमण अनुमति नदिएको प्रधानमन्त्रीका एक स्वकीय सचिवालय सदस्यले बताए।  

    आइतबार साँझ मात्रै आईजीपीको भ्रमणमा रोक लगाइएको हो । प्रहरीले हतारमा अर्को निर्णय गर्नुपर्यो, सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा अर्को टोली पठाइएको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । आईजीपी कुँवरको भ्रमण रद्द भएपछि एआईजीको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका गएको हो । टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन् । 

    बैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी र न्यूयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यस सम्बन्धी ज्ञान तथा अनुभव आदान प्रदान जनाइएको छ । 

    ‘आईजीपीको भ्रमण अचानक रद्द भयो, प्रधानमन्त्रीले नै उहाँलाई मुलुकबाहिर नजान निर्देशन दिनु भएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिबेला पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । उनले आफू आफैँ आत्मसमर्पण गर्न आउने भन्दै प्रहरीलाई झुक्याएर फरार भएका थिए । 

    त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि शंकाको घेरामा तानिएका छन् । तर उनले आफू दोषी नभएको भन्दै प्रहरीलाई सहयोग गर्ने बताउँदै आएका छन् । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र खाँणपत्नी मञ्जु खाँणले पनि करोडौँ रुपैयाँ लिएको भन्दै अडियो सार्वजनिक भएको छ । त्यो विषयमा आरजू देउवाले आरोप अस्वीकार गर्दै संसदमा आपत्ति जनाइसकेकी छिन् ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend