Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज कोशीको नीति तथा कार्यक्रम


३१, जेठ २०८०
  • 127
    SHARES
  • आज कोशीको नीति तथा कार्यक्रम

    विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस हुने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङले अपरान्ह १ बजे बोलाइएको प्रदेश सभा बैठकमा पेस गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    नीति तथा कार्यक्रम र बजेट तयारीको मुखैमा सत्ता साझेदार दल जनता समाजवादी र नेकपा माओवादी सरकारबाट बाहिरिएपछि सरकारले निर्धारित समयभन्दा पछि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । दुई दलले सरकार छाड्दा कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार अहिले अल्पमतमा देखिन्छ । तर एमालेले भने अल्पमत परे पनि त्यसको परीक्षण प्रदेश सभामै हुने भन्दै सरकारको नीति तथा कार्यक्रम सहज रुपमा पेस हुने दाबी गरेको छ ।

    असार १ गते बजेट समेत ल्याउनु पर्ने सरकारलाई कानुनी दायित्व छ । नीति तथा कार्यक्रम र बजेटको मुखमा सरकार ढाल्ने र टिकाउने खेल सुरु भएपछि बजेटको दुई दिन अगाडिमात्रै एमाले र राप्रपा नेतृत्वको ४६ सिटको सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । मुख्यमन्त्री कार्कीले जेठ २४ बुधबार नै सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी अघि बढाएको बेला दुई मन्त्रीसहित सरकारमा रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । त्यसयता सत्ता पक्ष र प्रतिपक्षी दलहरु भने सत्ताकै जोडघटाउमा केन्द्रीत बनेका हुन् ।

    मंगलबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको छ । त्यसलाई बुधबार प्रदेश प्रमुख खापुङले मन्तव्यसहित प्रदेश सभामा पेस गर्ने तयारी भइरहेको जनाइएको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा सरकार र प्रतिपक्षसँग समान ४६ सिट रहेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुख बनेपछि नेपाली कांग्रेसको २९, माओवादीको १२, नेकपा एसको ४ र जसपा १ सिटसहित प्रतिपक्षी गठबन्धन कायम रहेको छ ।

    सत्ता पक्षमा रहेको एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ सिट गरी उनीहरुसँग पनि ४६ सिट नै रहेको छ । आज नीति तथा कार्यक्रम पेस भएपछि प्रदेश सभा नियमावली (पहिलो संसोधन) २०७५ को नियम ३६ को उपनियम ९२० मा प्रदेश प्रमुखबाट गरिएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्न सभामुखले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछ र सभामुखले उक्त प्रस्ताव प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनु अगावै निर्णयार्थ प्रस्तुत गर्नेछ’ भन्ने व्यवस्था छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend