Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उजुरीकर्ताहरुले गरे नाराबाजी


३१, जेठ २०८०
  • 230
    SHARES
  • उजुरीकर्ताहरुले गरे नाराबाजी

    काठमाण्डौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुले सुनुवाइ समितिको वैधता कायम गर्न भन्दै संसदीय सुनुवाइ समितिबाहिरै नाराबाजी गरेका छन्। सुनुवाइ गर्ने तयारीमा रहेको संसदीय सुनुवाइ समितिको गठनमा वैधता कायम गर्न भनी १५ जनाले निवेदन पनि दिएका छन्।

    बुधबार बिहान ११ बजे सुनुवाइ हुने भनी बसेको बैठकमा उजुरीकर्ताले सुनुवाइ समिति नै अवैध भएको भन्दै यसको वैधता कायम गरेर मात्र सुनुवाइ प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका थिए। तिनै उजुरीकर्ताहरुले संसदीय सुनुवाइ समितिको बैधता कायम गर्न भन्दै नाराबाजी गरेका हुन्।

    समितिले कार्कीविरुद्ध उजुरी दिएका २९ जनालाई बुधबार छलफलका लागि बोलाएको थियो। समितिलाई आफ्नो उजुरीबारे बताउन पुगेका उजुरी कर्ताहरूले संसदीय सुनुवाइ समितिको गठन र त्यसको काम कारबाहीको अवैधताकै विषयमा प्रश्न उठाएपछि सुनुवाइ प्रक्रिया रोकिएको थियो। कुनै पनि कानुन वा नियमावली कार्यान्वयन गर्नका लागि राजपत्रमा प्रकाशित गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था भए पनि संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० ले त्यो प्रक्रिया पूरा नगरेको उजुरीकर्ताहरूले दाबी गरेका छन्।

    गत जेठ १४ गते संयुक्त सदनले पारित गरेको नियमावली अहिलेसम्म पनि राजपत्रमा प्रकाशित नभएको पाइएको छ। राजपत्रका नियमावली प्रकाशित नगरी सुनुवाई समिति गठन गरेको र कार्कीको सुनुवाई अघि बढाएको कार्य अवैध रहेको उनीहरूको जिकिर छ। सुनुवाइ समितिले बुधबार९आज० उजुरीकर्ताहरुसँग छलफल गरेर भोलि (बिहीबार) सुनुवाइका लागि प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बोलाएको हो।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend