Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ


११, चैत २०८०
  • 361
    SHARES
  • होली खेल्नुभन्दा अगाडि मोइस्चराइजर क्रिमको प्रयोग गरौँ

    काठमाडौं । नेपाली समाजमा होली पर्व धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । यो दिन बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् । एकअर्कामा रङ दलेर खुसी साटासाट गरी मनाइने होली पर्व मनाउँदा रङले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने हुँदा सचेत भई खेल्न छाला रोग विशेषज्ञको आग्रह छ । 

    छाला रोग विशेषज्ञ डा.ईशा पौडेल कोइरालाले होलीमा प्रयोग गरिने रङमा रासायनिक वस्तु मिसाइएको हुँदा सकेसम्म अर्गानिक रङको प्रयोग गर्न आग्रह गर्नुभयो । डा.कोइरालाका अनुसार होलीमा प्रयोग हुने रङमा मर्करी सल्फेट, कपर सल्फेट, फेरो साइनाइड, क्रोमियम आयोडाइड लिड अक्साइडजस्ता रासायनिक तत्त्व मिसाइएको हुन्छ । होलीमा सकेसम्म प्रकृति रङको प्रयोग गर्न छाला रोग विशेषज्ञ डा.कोइरालाको सुझाव छ । 

    रङमा मिसाइएका रासायनिक तत्त्वहरूले छाला,कपाल,आँखा,कान लगायत शरीरका विभिन्न अङ्गमा नकारात्मक असर पुर्‍याउने डा.कोइराला बताउनुहुन्छ । 

    उहाँ भन्नुहुन्छ, “रासायनिक मिसाइएका रङले छाला रातो हुने, चिलाउने, डाबर आउने, सुख्खा हुने, रङ आँखामा परेर चिलाउने, रातो हुने, पानी बग्ने, डन्डीफोर आउने, सोससिस, एक्जीमा जस्ता बढ्ने,कपाल रुखो हुने,झर्ने जस्ता समस्या निम्तने गर्दछन् ।”

    डा.कोइरालाका अनुसार रङको असर कम गर्न होली खेल्नुभन्दा अघि नै सावधानी अपनाउनुपर्छ । होली खेल्नु अघिल्लो दिन नै टाउकोमा तेल, छालामा मोइस्चराइजर क्रिम लगाउनुका साथै, नङमा पनि असर गर्ने हुँदा मोइस्चराइजर क्रिम वा तेल लगाउने र पूरा शरीर छोप्ने गरेर लुगा लगाएर होलीको रङ खेल्न डा.कोइरालाको अनुरोध छ ।    

    आँखामा पनि एलर्जी हुने हुँदा होली खेल्दा चस्मा लगाएर खेल्न उहाँले आग्रह गर्नुभयो । यदि पहिले देखिनै छालामा एलर्जी लगायतका समस्या भएमा समस्या झनै बढ्ने हुँदा रङ नखेल्न उहाँको सुझाव छ।  

    उहाँका अनुसार यदि रङ खेल्दा खेल्दै एलर्जी भएमा तुरुन्त रङ धोएर तेल वा मोइस्चराइजर क्रिम लगाउनुपर्छ । धेरै नै गाह्रो भएमा एलर्जी बढ्दै गएर आँखा, ओठ सुनिने, सास फेर्दा रङ मुख भित्र पसेर दम हुने सम्भावना बढ्ने भएकाले तुरुन्त चिकित्सकको परामर्श लिन उहाँको सुझाव छ । 

    छालामा धेरै बेर रङ राख्दा अन्य नकारात्मक असर पर्ने हुँदा धेरै बेर रङ नखेल्न उहाँको सुझाव छ । होलीको रङ जबरजस्ती निकाल्न हुँदैन त्यसले छालामा  समस्या निम्तने गर्छ । गाडा रङ भएमा मोइस्चराइजर क्रिम लगाएर किलिङजीङ वा माइल्ड साबुन को प्रयोग गरेर रङ निकाल्न उहाँको सुझाव छ । 

    रङले कपाल सुख्खा बनाउने हुँदा सल्फेड फ्रि स्याफु प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । रङ निकालेपछि छालामा मोइस्चराइजर क्रिम र सन ब्लक क्रिम लगाउन र कपालमा कपालमा लगाउने हेयर सिरम लगाउन डा.कोइरालाको सुझाव छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend