काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका छन्। बिहीबार बिहान प्रशारित देशान्तर संवादमा बोल्दै उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दैछ।
नेता चौधरीले जलहरी काण्डलगायतका विभिन्न काण्डले देशको छवि बिग्रिएको बताए। जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यति ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ। भ्रष्टाचारका कारण देश बर्बाद भएको छ।
तसर्थ सामाजिक रूपमा जागरण ल्याउने, सशक्त बनाउने, भ्रष्टाचारजस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ’, उनले भने। पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रिया भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले मोर्चा जनतामाझ टेष्ट पनि हुने र जनताको सुझावअनुसार बामपन्थी एकता हुँदै अगाडि बढ्ने बताए।