Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदीय व्यवस्था विरुद्ध युद्धमोर्चाका विप्लव समाजवादी मोर्चामा


१, असार २०८०
  • 107
    SHARES
  • संसदीय व्यवस्था विरुद्ध युद्धमोर्चाका विप्लव समाजवादी मोर्चामा

    काठमाण्डौं । शक्ति संचयका लागि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी केन्द्र घोषणाको तयारी भएको छ । आज दिउँसो कार्यक्रम गरी नीति र उद्देश्यसहित समाजवादी केन्द्र वा मोर्चा घोषणा गर्न लागिएको हो । नेकपा माओवादी, नेकपा एस, जसपा सहितका दलहरुले धेरै अगाडि प्रयास गरेको मोर्चा गठनलाई आज पूर्णता दिन लागिएको हो । 

    सरकारमा रहेका तीन दल र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर आज समाजवादी मोर्चाको घोषणा हुने बताईएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा हुन लागेको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाकारी दिए । 

    यो मोर्चाका लागि लामो समयदेखि छलफलरत नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भने बाहिरै राख्ने लगभग निश्चित भएको छ । स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले बाबुरामलाई मोर्चामा सहभागी गराउन नहुने अडान लिएपछि उनलाई बाहिर राखिएको हो । बाबुराम मोर्चामा सहभागी भए आफू नरहने यादवको धम्कीपछि नेसपालाई बाहिरै राखिएको हो । ‘चार पार्टीसहितको समाजवादी मोर्चा शुक्रबार नै घोषणा गर्ने तयारी छ । 

    माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँगको छलफलपछि विप्लव पनि समाजवादी मोर्चामा आउन सहमत भएका हुन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा पुगेको बताएका थिए । 

    त्यसअघि माधव नेपालले पनि भक्तपुरमा आयोजित कार्यक्रममा मोर्चा गठन तयारी भएको बताएका थिए । तर उनले नेकपा पनि व्यूताउनु पर्ने धारणा सार्वजनिक गरेका थिए । चार पार्टी मिलेर बन्ने समाजवादी मोर्चा तेस्रो निर्णायक शक्ति बन्नेछ । मोर्चामा सामेल हुने माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र नेकपा एसको १० सिट छ । प्रचण्डले समाजवादी मोर्चामा नेसपा अध्यक्ष भट्टराई र एमाले छाडेर नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतम पनि सामेल हुने बताइएको भएपनि गौतमले अहिलेसम्म कुनै निर्णय दिएका छैनन् । 

    एमाले र माओवादीबीच २०७५ जेठ ३ मा एकतापछि पार्टीको नाम नेकपा बनेको अवस्थामा ठूलो कम्युनिष्ट पार्टी थियो । तर सर्वोच्च अदालतले २०७७ फागुनमा एमाले र माओवादी अलग गरिदिएपछि नेकपा विभाजन भयो । एमाले र माओवादी दुवै क्षयीकरणको दिशामा छन् । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend