Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा तातो हावा


१, असार २०८०
  • 120
    SHARES
  • बुटवलमा तातो हावा

    बुटवल। नेपालमा मनसुनी प्रणाली भित्रिएको तीन दिन भइसक्दा पनि पश्चिम नेपालको रुपन्देही सहितका जिल्लाहरुमा फैलिन सकेको छैन । तर पूर्वी नेपालमा भौतिक संरचनामा क्षति पुग्ने गरी वर्षा र बाढी आउँदा पश्चिम तराईका जिल्लाहरुमा भने तातो हावा र लु को अवस्था निकै अत्यासपूर्ण बन्दै गएको छ ।

    नेपालमा यसवर्षको मनसुन जुन १४ तारिखमा भित्रिएको थियो । यो पूर्व र मध्य नेपालमा केन्द्रित छ । तर पश्चिमतर्फ सर्न सकेको छैन । मौसमविद सन्जिव अधिकारीका अनुसार पश्चिम नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको बताए । उनले भने, त्यसले मनसुनी प्रणालीलाई फैलिन रोकिरहेको छ । जसले गर्दा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी रहेको जनाए । उनका अनुसार  ‘तराईका जिल्लामा अझै केही दिन गर्मी हुने देखिएको उल्लेख गरे ।

    बिहीबार सबैभन्दा धेरै अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४३.३ डिग्री सेल्सियस मापन भएको थियो । बाराको सिमरा र बाँकेको नेपालगञ्जमा समान ४१, कैलालीको धनगढीमा ३९.७, डोटीको दिपायलमा ३९.५, सुर्खेतको वीरेन्द्रनगरमा ३८.७ र दाङको घोराहीमा ३८.१ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद विनोद पोख्रेलका अनुसार तराईका अधिकांश भूभागमा कम्तिमा ३/४ दिनसम्म सुक्खा हुने पूर्वानुमान छ । मध्यपहाडी, पूर्वी र मध्य क्षेत्रहरुमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले मनुसन कोशी प्रदेश र त्यस आसपासमा मात्र सक्रिय छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend